परासी कांग्रेस: अल्पमतको गुटले वडा अधिवेशनमा भाग नै लिएन

परासी कांग्रेस: अल्पमतको गुटले वडा अधिवेशनमा भाग नै लिएन

परासीः पश्चिम नवलपरासीमा भएको नेपाली कांग्रेस वडा अधिवेशनमा अल्पमतमा परेको गुटले अधिवेशनमा भाग नै लिएको छैन ।

मतदाता संख्याको अन्तर धेरै रहेका वडाहरुमा उमेदवारी दिए पनि हारिने भएपछि अल्पमतमा रहेका नेतादेखि कार्यकर्ताहरु मतदान केन्द्रमै पुगेका थिएनन् । अल्पमतको गुट नआएपछि अर्को गुट एकलौटी निर्विरोध भएको एक जिल्ला नेताले बताए ।

अल्पमत बाहेकका केही वडामा पनि निर्विरोध भएको छ । त्यसरी निर्विरोध भएका वडामा भागबण्डा गरिएको छ । तर निर्विरोध भएका अधिकांश वडाहरु एउटा गुटको हाबी भएका छन् । थोरै संख्याको अन्तर भएका वडामा मात्र निर्वाचन भएको छ ।

जिल्लामा प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनालको गुट छ । जिल्ला नेतृत्व आफ्नो पक्षमा हत्याउन उनीहरुको अहिले वडामा होडबाजी भएको हो । मतदान केन्द्रमा पुगेका एक नेताले गुटको प्रतिस्पर्धा देखेर आक्रोश हुँदै भने‘यहाँ कोही पनि कांग्रेस रहेनछन् । कोही मुन्ना बाबु, कोही विक्रम बाबु ।’

जिल्लामा कँडेल ‘मुन्ना बाबु’नामले परिचित छन् । उनले गुटले कांग्रेस बर्बाद हुन लागेको भन्दै चिन्ता व्यक्त गरे । जिल्लाका ७ स्थानीय तहमा ७४ वडा छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत जिल्लाका सबै वडामा शुक्रबार निर्वाचन प्रकृया सुरु भएको जिल्ला निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए ।

अधिवेशनका लागि करिब १० हजार क्रियाशील सदस्य मतदाता रहेको पाण्डेले जानकारी दिए । उनीहरुले वडा समिति र क्षेत्रिय प्रतिनिधि चयन गर्ने छन् ।‘अधिकांश वडामा निर्वाचन भएको छ । केहीमा निर्विरोध र कही स्थगित भएको छ’ पाण्डेले भने । एउटै व्यक्तिले दुई पदमा उम्मेदवारी दिएको, नामावली नमिलेको लगायत उजुरी परेपछि केही वडामा निर्वाचन स्थगित भएको उनले जानकारी दिए । अधिवेशनको सम्पूर्ण जानकारी राति अबेर मात्र आउन सक्ने पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.