शिलास्मा फाउन्डेसनको फेशन सो तथा तीज कार्यक्रम

शिलास्मा फाउन्डेसनको फेशन सो तथा तीज कार्यक्रम

काठमाडौं : शिलास्मा फाउन्डेसनले तीज अवसर पारेर फेशन सो तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार फाउन्डेसनले तीन महिने ब्युटिसियन प्रशिक्षण लिएका १० जना जेहेन्दार तथा विपन्न महिलाहरुलाई प्रमाणपत्र प्रदान गर्यो। 

काठमाडौंमा आयोजित कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिन्। ममता शाह, कल्पना कुमाल, मन्दिरा शाही, रञ्जु थापा, लिला कुमारी सुनुवार, सुरती बराल, सुनिता राना, रस्मिता लामा श्रेष्ठ, सृजना राई र निसान रुम्बाले प्रमाणपत्र प्राप्त गरे। 

रविभवनस्थित रोज सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टरबाट उनीहरुले तीन महिनाको आधारभूत तालिम सम्पन्न गरेका हुन्। उनीहरुलाई रोज सिप विकास तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले तीन महिने ब्युटीसम्बन्धी प्रशिक्षण दिएकी थिइन्।

कार्यक्रममा तीज स्पेशल फेशन सो गरिएको थियो। पूर्वमिस नेपाल उषा खड्गीले तयार परेको तीज स्पेशल पहिरनमा सजिएर रोज ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टरका एक दर्जन प्रशिक्षार्थी र्‍याम्पमा उत्रिएका थिए। 

कार्यक्रममा बोल्दै माइती नेपालकी अध्यक्ष कोइरालाले महिलालाई सिप सिकाएर फाउन्डेसनकी अध्यक्ष शिलास्मा हमालले आत्मनिर्भर बन्न सहयोग पुर्‍याएको बताइन्। उनले भनिन्, 'हमालको काम प्रशंसनीय छ, यसले विपन्न महिलालाई आत्मनिर्भर बन्न ठूलै काम सहयोग गर्छ।'

यस्तै शिलास्मा फाउन्डेसनले समाजमा उदाहरणीय काम गरेको रोज सीप विकास तालिम केन्द्रकी अध्यक्ष एवम् वरिष्ठ ब्युटिसियन सोनी कारंजितले बताइन्। कारंजितले सामाजिक अभियान्ताको रुपमा परिचित शिलास्माले लामो समयदेखि गरिब दुःखी विपन्नहरुलाई सहयोग गर्दै आएको समेत बताइन्। ब्युटिसियन सिता पाठकले शिलास्माको सामाजिक कार्यको प्रशंसा गरिन्।

कार्यक्रममा बोल्दै फाउन्डेसनकी अध्यक्ष शिलास्माले समाजमा रहेका विपन्नहरुका लागि केही गरौं भन्ने सोचले फाउन्डेसन स्थापना गरेको बताइन्। उनले  फाउन्डेसनबाट १० जना महिलालाई ब्युटिसियनसम्बन्धी प्रशिक्षण दिएको बताइन् । 

हमालले कार्यक्रममा लायन्सका विभिन्न पदाधिकारी, ब्युटिसियन, कस्मेटिक व्यवसायी, सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिन् । उनले कार्यक्रममा आर्थिक रुपमा विपन्न एक किशोरी आमालाई समेत आर्थिक सहयोग गरिन्। 

हमाल मिसेस ब्युटिसियन नेपाल २०१८ र मिसेस टुरिज्म एम्बेस्डर वर्ल्ड २०२० की विजेता हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.