अनि मैले गर्भवती भएको अभिनय गरेँ..

अनि मैले गर्भवती भएको अभिनय गरेँ..

पर्दालाई पेलेर हावाको हुल ठेलमठेल गर्दै मेरो कोठाभित्र प्रवेश गर्दै छ। अहँ ! पटक्कै मनपरेको छैन, आज हावाको स्पर्श, जसले मलाई जीवित छेस् भन्ने अनुभूति दिलाइरहेको छ। अँध्यारोमा बस्न मनपरेकाले झ्याल बन्द गरेर पर्दाको सहारामा आफ्नो कोठालाई अन्धकार बनाउने प्रयासलाई, भेन्टिलेसनबाट जबर्जस्ती पसेको घामको किरणले साथ दिएन। आँखाको नीर बगेर, ओठमा कलेँटी परेर बसेका छन्। मलाई कुरूप नै ठीक लाग्दैछन् यी ओठ तर किन लाली पोत्दै छ यो घामको लिपिस्टिकले ?

हिजो उहाँलाई मैले म आमा बन्न लागेको खबर प्रफुल्ल भएर सुनाएकी थिएँ। हाम्रो बिहे भएको १० वर्षमा आउन लागेको खुसीलाई लिएर उहाँ पटक्कै हर्षित हुनु भएन। उहाँ अन्योल हुँदै अकमकाएर भन्नुभयो, ‘के कुरा गर्दै छ्यौ ?, तिमी आमा बन्नै सक्दिनौ। यो कुरा तिम्रो सबै मेडिकलको रिपोर्टले बताउँछ।’ सधैँ माया गरेर बोल्ने उहाँले हिजो झन्किएर खानै नखाइकन सुत्न जानुभयो। मलाई केही बोल्नै दिनुभएन। हिजोको रात उहाँ निदाउनै सक्नु भएन।

उहाँ कोल्टे फेरिरहेको म साक्षी भएर रात कटाएँ। उहाँ बेलाबेलामा उठेर कौसीतिर जानुहुन्थ्यो। चुरोट सल्काउनु हुन्थ्यो। जूनको किरणमा चुरोटको धुवाँ मिसिएर एउटा सुरुङ जस्तो आकृति बन्थ्यो। त्यहीँ सुरुङभित्र उहाँले रहस्यको खोजी गरे जस्तो देखिन्थ्यो। म निदाएँ जस्तो गरेर उहाँको क्रियाकलाप नियालिरहेकी थिएँ। उहाँ फोनमा आफ्नो औँला नचाएर कताकता डायल गर्न खोजिरहनु भएको थियो तर कल गर्नु भएको थिएन। बिहान कतिबेला निदाएछु।

अनि मैले गर्भवती भएको अभिनय गरेँ। म चाहन्थेँ कि उसले मेरो जीवनमा लगाएको पर्दा आफैँले उघारोस्। मैले जे चाहेको त्यही भयो।

पत्तो भएन। म उठ्दा उहाँ हुनुहुन्नथ्यो। उठेर यताउता हेरेँ। सायद घरबाट बाहिर निक्लिसक्नु भएको थियो।
ooo

१० वर्षपहिले हाम्रो बिहे भएको थियो। हामीले सुरुका दुई वर्ष बच्चा नजन्माउने सहमति गरेका थियौँ। त्यो बीचमा सासूससुरा, माइतीका बुबाआमा, साथीभाइ, छरछिमेक सबैले नयाँ मान्छे कहिले ल्याउने भनेर जिस्काइरहन्थे। हामीले हाँसेरै उडाइदिन्थ्यौँ। दुई वर्षपछि बच्चा जन्माउने योजना बनायौँ।

एक वर्षसम्म पनि मेरो कोखमा भ्रूणले बास गरेन। हामीले चेकअप गराउनेबारे सोच्यौँ। राम्रो गाइनोक्लोजिस्टलाई देखाउन गयौँ। गाइनोक्लोजिस्ट उहाँको आफ्नै साथी पनि थियो। सबै जाँच गराइयो। एक हप्तापछि उहाँले रिपोर्ट घरमै लिएर आउनुभयो। उहाँ निराश देखिनुहुन्थ्यो त्यो दिन।

‘के भयो, किन माटो उक्किएको भित्तो जस्तै अनुहार पार्नु भएको ?’ जिस्काउँदै सोधेँ। उहाँ केही बोल्नु भएन। ‘आज रेडियो पनि मौन व्रत छ कि कसो ?’ फेरि मजाक गर्दै सोधेँ। उहाँले क्लिनिकको रिपोर्टकार्ड मतर्फ हस्तान्तरण गर्दै भन्नुभयो, ‘तिमी बच्चा जन्माउन सक्दिनौ रे।’

मेरो हँसिलो मुहारमा अचानक एक मुस्लो कालो ध्वाँसो आएर पोतियो। मुटुको धड्कन धावकभन्दा बढी दौडिन थाल्यो। कानमा टिनिन्न ऽऽऽ शोक धुन बजेझैँ ध्वनि गुञ्जियो। बिर्को नलगाएको केराउको डिब्बा भुइँमा पोखिँदा छरपस्ट भएझैँ मेरा खुसीहरू पोखिए यत्रतत्र। ओठ काँप्न थाले, आँसु टिलपिलाउन थाले। त्यसपछि उहाँले मलाई अँगालोमा बेरेर भन्नुभयो, ‘हेर त त्यो हाम्रो बगानको आँपको रूख, कहिल्यै फलेको देखेकी छ्यौ ? तर कहिल्यै आँप नफले पनि त्यो वृक्ष हाम्रो घरको गहना हो।

गर्मीले पसिनाको ठेउला उठ्दा, त्यहीँ आँपको छहारी शीतल मलहम बनेर निको पारिदिन्छ। चराहरू यसैका हाँगाहाँगामा नृत्य गर्छन्। तिमी पनि त्यहीँ आँपको रूख हौ, जसले फूल फुलाउन नसके पनि खुसी बाँड्न छोडेको छैन।’ उहाँबाट मेरो समर्थनमा यस्तो प्रगतिशील विचार सुनेपछि म दंग परेँ, अलिकति भए पनि घाइते मस्तिष्कले उपचार पाए जस्तो भयो। 

त्यसदिनको रिपोर्टअनुसार म कहिल्यै आमा बन्न नसक्ने कुराले गर्दा मैले उहाँलाई अर्को बिहे गरेर सन्तान जन्माउन आग्रह पनि गरेँ। उहाँले कहिल्यै मान्नुभएन। सासूससुरालाई पनि सबै कुरा खुलस्त भन्नुभयो, ‘स्मृति आमा बन्न सक्दिनन्, हामी निःसन्तान नै खुसी छौँ, मलाई कहिल्यै अर्को बिहेको दबाब नदिइयोस्।’ मेरा सासूससुरा समझदार हुनुहुन्थ्यो। मलाई कहिल्यै पनि बाँझोपन भएको महसुस गराउनु भएन। म खुसी थिएँ, यस्तो परिवारकी बुहारी हुन पाएकोमा।

ममा ईर्ष्या र आशा दुवै पलाए। ईर्ष्या यस कारण थियो कि त्यो आँपको वृक्षलाई मसँग तुलना गरेर उहाँले हिम्मत बढाइदिनुभएको थियो। आशा यसकारण लाग्यो कि यदि त्यो आँपको वृक्षले आफ्नो गर्भमा आँपको भ्रूण सञ्चित गर्न सक्छे भने म किन सक्दिनँ ?

मैले उहाँलाई कुनै अर्को ठाउँ वा भारततिर गएर एकपटक पुनः उपचारको प्रयास गर्न आग्रह पनि गरिरहेँ। अथवा सेरोगेसी प्रणालीबाट पनि बच्चा जन्माउन सकिने कुरा भन्थेँ। उहाँ पटक्कै मान्नुहुन्थेन उहाँले भन्नुहुन्थ्यो, ‘हेर स्मृति यो कुरामा अल्झेर नबस्नू, हामी जे छौँ, ठीक छौँ।’ उहाँले सन्तान नहुँदैमा मलाई केही फरक पर्दैन। तिमी र म हाम्रो उत्तरार्ध जीवन देशविदेश घुमेर बिताऔँला। आफ्नो सबै अंग दान गरौँला। हाम्रो शेषपछि सम्पत्ति अनाथ आश्रमलाई दान गरौँला। हामीले एउटा मात्र होइन हजारौँ सन्तानको अभिभावक बनेर मर्नेछौँ।’

उहाँको यस्तो महान् विचारले म गद्गद् हुन्थेँ। भाग्यमानी ठान्थेँ आफैंलाई। अर्को कयौँ जुनी उहाँकै श्रीमती हुन पाइयोस् भन्ने प्रार्थना गर्थेँ।

म प्रायः झ्यालमा बसेर घर अगाडिको खेलमैदानमा खेलिरहेका ससाना बालबालिकालाई नियालेर हेर्थें। उनीहरूको मौरी जस्तो गुनगुनाहटको सामूहिक आवाज मलाई मन पथ्र्यो। उहाँ कार्यालयबाट फर्केपछि म ती बालबालिकाको कुरा गर्थें। उहाँलाई लागेछ, म निःसन्तान हुनुको पीडामा छु।

अर्को दिन उहाँले एउटा पर्दा ल्याएर झ्यालमा टाँग्नुभयो। पर्दा नखोल्न आदेश पनि दिनुभएको थियो। मलाई लाग्यो, यो मेरै लागि त हो नि। बेकारमा म बालबालिका हेर्छु अनि आफू बाँझो हुनुको पीडाको चक्कुले मनमा घाउ बनाउँछु। त्यस दिनदेखि मैले झ्यालको पर्दा खोल्नै छाडिदिएँ। मेरा सबै आमा बन्ने चाहना र ती बालबालिकामा आफ्नो सन्तान खोज्ने इच्छामा पनि पर्दा लाग्यो।

पर्दा लगाए पनि उनीहरूको आवाज पर्दालाई धकेल्दै, मेरो कानमा प्रवेश गर्थे। मलाई आमा भनेर सम्बोधन गरे जस्तो लाग्थ्यो तर मैले मन हुँदाहुँदै पनि पर्दा खोलेर हेर्ने हिम्मत गरिनँ। उहाँको मन दुखाउन चाहन्नथेँ।

मैले देखेकी थिएँ, सन्तान नहुनेले बहुविवाह गरेको। सन्तान नभएकै भनेर पारपाचुके गरेको। सन्तान भइहाले पनि छोरा नहुनेले आधा दर्जन छोरी पाउँदासम्म पनि विश्राम नपाएका स्त्रीहरूलाई पनि भेटेकी थिएँ। तर उहाँ कति असल हुनुहुन्थ्यो। न बहुविवाहको प्रसंग निकाल्नु भयो न त मेरो कमजोरीमा प्रहार गर्नुभयो। उल्टै जबजब म बहकिन्थेँ, त्यतिबेला कति मायाले सम्झाउनु हुन्थ्यो।

समाजका तीखा प्रश्नहरू। मेरा पछाडि गरिएका मेरो दुर्बलताको खिसिटियुरीबारे अवगत थिएँ। कहिलेकाहीँ सोच्थेँ म कति अभागी नारी रहिछु। त्यसैले मैले सबै किसिमको व्रत, पूजाअर्चना, मन्दिर दर्शन गरिसकेकी थिएँ। कयौँ देवीदेवतालाई सन्तान प्राप्तिका लागि भाकल गरेकी थिएँ। जब विज्ञानबाट सम्भव नभएपछि मान्छे दैवी शक्तिको पछाडि लाग्नै पर्ने रहेछ। मैले पनि केही कसुर बाँकी राखिनँ। मलाई सधैँ लाग्ने गथ्र्याे। मानिस यो संसारमा खानाबिना बाँच्नै सक्दैन। पछि थाहा पाएँ, खाना नपाए पनि मान्छे एकदुई महिना बाँच्न सक्छ। खानापछि पानीबिना त झन् मान्छे बाँच्नै सक्दैन जस्तो लाग्थ्यो।

पानीबिना पनि मानिस हप्तौँ बाँच्न सक्ने रहेछ। पानीभन्दा महŒवपूर्ण हावा पनि हो लाग्थ्यो। हावाबिना पनि मान्छे केही मिनेट त बाँचिहाल्ने रहेछ ! तर यहाँ मान्छेलाई बचाइरहने एउटा बलियो शक्ति पनि रहेछ, आशा। हो त्यही आशाले मलाई बचाएको रहेछ। त्यसैले मैले आशालाई जीवित राखेर, अनेक उपाय गर्न पछाडि परिनँ। चाहेँ त्यो अन्धविश्वास नै किन नहोस्। अनेक धामीझाँक्रीलाई पनि भेटिरहेँ।

 ooo

पाँच महिना पहिला चैतको खडेरीमा जताततै सुक्खा र बेरङ लतपतिएको थियो। डाँडाकाँडा सुक्खा र प्यासी भए पनि। मेरा आँखा सधैँ जस्तै भिजेकै थिए। खडेरीले अनावृष्टि भए पनि, नयनमा अतिवृष्टि नै थियो। मलाई उहाँले जति माया गरे पनि, सन्तान नहुनुको पीडा मुटुमा अशोक स्तम्भ जस्तै गाडिएको थियो। त्यति नै बेला बेस्सरी रिसाएर मुर्मुरिँदै आएको हावाले पर्दालाई झट्का हान्यो। पर्दा उछिट्टिएर सिलिङमा ठोकियो।

मेरो दृष्टि परको वस्त्रविहीनजस्तो देखिने नांगो जंगलको रूखमा गएर ठोक्कियो। जहाँ आगोले आफ्नो बाटो बनाउँदै उकालो चढिरहेको थियो। मलाई त्यो दृश्य हेर्दा जंगलको चिता जलिरहेको जस्तो लाग्यो। मेरो मन विक्षिप्त भयो। म मलामी बनेर जंगल जलिरहेको हेरिरहेँ। 

म आफू पनि चिता भएको बेला मलाई जलिरहेको हेर्ने मेरो सन्तान हुने छैनन् भन्ने कुराले मुटुमा अकबरे खुर्सानी दलेजस्तै भयो। यो दृश्य धेरैबेर हेर्न नसकेर म फुस्किएको पर्दालाई मिलाएर पर्दा तान्न लाग्दै थिएँ। मेरो आँखा बगानको बूढी आँपको रूखमा गएर अल्झियो। त्यो बूढी आँपको वृक्षमा यो वर्ष मञ्जरी लागेर फूल फुलेको थियो।

ममा ईर्ष्या र आशा दुवै पलाए। ईर्ष्या यस कारण थियो कि त्यो आँपको वृक्षलाई मसँग तुलना गरेर उहाँले हिम्मत बढाइदिनुभएको थियो। आशा यसकारण लाग्यो कि यदि त्यो आँपको वृक्षले आफ्नो गर्भमा आँपको भ्रूण सञ्चित गर्न सक्छे भने म किन सक्दिनँ ?

विज्ञानले ठूलो फट्को मारिसकेको छ। कतै दैवको लीलाले म पनि आँपजस्तै फुल्न सक्छु कि भन्ने विचार मनको बगैँचाभरि फुलेर आयो। उहाँलाई यो कुरा सुनाउने हो भने उहाँ रिसाउनुहुन्थ्यो। त्यसैले म एक्लै सहरको प्रसिद्ध निःसन्तान केन्द्रमा गएर बुझेकी थिएँ।
 ooo

किचनमा साँझको खाना तयार पार्दै छु। उहाँ मसँग रिसाएर जानुभएको थियो। उहाँलाई मनपर्ने रायोको साग, गोलभेँडाको चटनी र जिम्मुले झानेको मासको दाल बनाएकी छु। उहाँले यस्तो दुव्र्यवहार मसँग कहिल्यै गर्नु भएको थिएन।

निःसन्तान भएर एक दशकको पीडाको यात्रा गरिसकेका हामीले आज यो खुसीको कुरा सुन्दा पनि उहाँको व्यवहार किन हिंस्रक देखिँदै छ। हिजो त उहाँले मलाई हातपात पनि गर्नुभयो। पुरानो हर्लिक्सको डिब्बाबाट एक चम्चा नुन झिकेर दालमा नुन हाल्दै गर्दा मलाई हर्लिक्सको डिब्बा र नारीको जीवन एउटै लाग्यो।

त्यो हर्लिक्सको डिब्बा जसमा हर्लिक्स थियो नयाँमा। त्यसको कति धेरै महŒव थियो। जब हर्लिक्स सकियो, त्यसमा कहिले दाल हालियो, कहिले मसला अनि कहिले नुन र कुनै दिन अमिलो अचार पनि हालिनेछ। नारीको जीवन पनि नयाँ हुँदा महत्व हुने, जब पुरानो हुँदै जान्छ, त्यसमा कहिले बुहारी भएर खाँदिन पर्छ, कहिले श्रीमती, कहिले आमा। अनि जुन दिन त्यो हर्लिक्सको डब्बा फुट्ने छ, सिधै कुडादानमा फ्याँकिन्छ। उफ् ! नारीको जीवन !

उहाँको गाडी घरको पार्किङभित्र छिरेको आवाज आयो। म दगुर्दै गएर झ्यालको पर्दा हटाएर हेरेँ। उहाँको शरीर नियन्त्रणभन्दा बाहिर थियो। पक्कै आज धेरै पिएर आउनु भएको छ। गाडीबाट ओर्लनेबित्तिकै चुरोट सल्काउन थाल्नु भयो। उहाँ हुत्तिएर घरको ढोकामा ठोक्किनु भयो। 

हतपत्त गएर उहाँलाई उठाएर बैठकमा ल्याएर राखेँ। उहाँले मलाई धकेल्दै, ‘न छो मलाई, वेश्या ! भन् को कोसँग सुत्ने गर्छेस् ?’ भनेर चिच्याउँदै बुलेटभन्दा तिखालु शब्दहरूले प्रहार गर्नुभयो। यो सुनेर सासूससुरा आफ्नो कोठाबाट बाहिर आउनुभयो। 

बुबाले भन्नुभयो, ‘के भयो यसलाई किन यति अशिष्ट शब्दको प्रयोग गर्दै छ ?’ ‘सोध्नुहोस् यही वेश्यालाई, कोकोसँग लसपस छ यसको।’ सासूआमाले सोध्नुभयो, ‘के भयो बुहारी किन यस्तो कुरा गर्दै छ यसले ?’ 

मैले ‘म गर्भवती भएको कुरा उहाँलाई पचेको छैन आमा।’ भनेँ। सासूससुराले एकै स्वरमा भन्नुभयो, ‘यो त निकै खुसीको कुरा हो।’

उहाँको रिसले चरमविन्दु नाघ्यो। बेस्सरी पड्किँदै भन्नुभयो, ‘म कहिल्यै सन्तान जन्माउन सक्दिनँ। समस्या यो नकचरीकोमा होइन मभित्र छ। मैले आफ्नो कमजोरी लुकाउन मेरो साथीलाई रिपोर्ट परिवर्तन गर्न लगाएको थिएँ। अनि कसरी यो बच्चा मेरो हुनसक्छ ? यो वेश्या नभए के हो त आमा ? भन्नुहोस् मलाई जवाफ दिनुहोस्।’

उहाँको यो विषवाणी प्रसारण भइसकेपछि सासूससुरा सशंकित नजरले मलाई हेर्न थाल्नु भयो। उहाँहरूलाई पनि म चरित्रहीन नै लाग्यो तर उहाँहरूले आफ्नो छोराले लुकाएको सत्यतालाई कुनै प्रतिप्रश्न गर्नुभएन।

उहाँले मलाई यो घरबाट निक्लिएर जा भन्नुभयो। सासूससुराले पनि समर्थन गर्नुभयो।

म त्यही रात आफ्नो सरसामान लिएर निक्लिएँ, सदासदाको लागि घर त्यागेर।

ooo

नौ महिनापछि म अहिले निजी विद्यालयमा पढाउँछु। मेरो माइतीको पहाडको खाली घरमा बस्छु। जहाँ ठूलाठूला झ्याल छन्। म अचेल पर्दा लगाउन्नँ। परपरसम्म झ्यालबाट दृश्यपान गर्छु। यो हावाले म हुनुको अस्तित्व स्मरण गराउँछ। मानिसहरू आफूलाई आनन्दित पार्न धूमपान, मद्यपान गर्छन्। मलाई भने यो हावापानले नै आनन्दित पार्छ।

म एक्लै छैन, मसँग चारजना छोराछोरी छन्। मैले विभिन्न अनाथ आश्रमबाट ब्राह्मण, क्षेत्री, जनजाति, दलित गरेर छानेर ल्याएकी हुँ। मलाई उनीहरूमा भाइचारा भर्नु छ। विविधतामा एकताको फूल फुलाउनु छ। उनीहरूको सम्पूर्ण जिम्मा लिएर अबको जिन्दगी उनीहरूमा समर्पित गर्न चाहन्छु। यही नै मेरो अबको अन्तिम लक्ष्य बनेको छ।
ooo

त्यो दिन जब मैले आँपको वृक्षमा फूल फुलेको देखेँ। मेरो मनमा पनि मञ्जरी पलायो। चिचिलो सपनाको बाटो खनियो।

आशा बोकेर अस्पताल गएँ। मेरो सबै जाँच गराइयो। म सन्तान जन्माउन सक्ने कुरा डाक्टरले भने। निकै खुसी भएँ। मेरो अपूतो जिन्दगीमा उत्साहको बीजारोपण भयो। डाक्टरले श्रीमान्को पनि जाँच गराउन भन्नुभयो। मैले घरमा आएर उहाँलाई एकपटक नयाँ ठाउँमा जाँच गराउन आग्रह गरेको थिएँ। उहाँले मान्नुभएन र अबदेखि यो विषयमा कुरा नगर्ने भन्नुभयो। 

मैले म सन्तान जन्माउन सक्छु भन्ने कुरा पनि गरेँ। उहाँले झस्किँदै भन्नुभएको थियो, ‘यो सहरमा धेरै क्लिनिक ठगेर बसेका छन्’ उनीहरूले झुट बोलेर आफ्नो व्यापार गर्ने हो भनेर पन्छिन खोज्नुभयो। ‘तर असम्भव भन्ने कुरा केही छैन। ईश्वरले हाम्रो पुकार सुन्नुभएको छ। यो चमत्कारले हाम्रो जीवनमा खुसीको उदय पनि त हुनसक्छ।’ मैले फकाएर भनेकी थिएँ। 

बेकारमा म बालबालिका हेर्छु अनि आफू बाँझो हुनुको पीडाको चक्कुले मनमा घाउ बनाउँछु। त्यस दिनदेखि मैले झ्यालको पर्दा खोल्नै छाडिदिएँ। मेरा सबै आमा बन्ने चाहना र ती बालबालिकामा आफ्नो सन्तान खोज्ने इच्छामा पनि पर्दा लाग्यो। 

उहाँले भन्नुभयो, ‘हेर स्मृति यसले तिमीलाई नै दुःख हुन्छ। किन बारम्बार आफूलाई दुखाउने काम गछ्र्यौं ? मैले तिम्रो खुसीका लागि नै त यी सब भनेको हुँ। अब सन्तान चाहिँदैन हामीलाई। हामी खुसी छौँ। बेकारको झमेला नगर।’ उहाँले मेरो कुरै सुन्न चाहनुभएन। मलाई त्यसै दिनबाट शंका लाग्न थाल्यो।

एकदिन म उहाँको त्यही साथी गाइनोक्लोजिस्टलाई भेट्न क्लिनिकमै गएँ। उसलाई मैले नयाँ रिपोर्ट देखाएँ। म आमा बन्न सक्ने कुरा बताएँ। मलाई किन पर्दामा राखियो भन्ने कुरा गरेँ। उसलाई मैले धम्की पनि दिएँ, ‘यदि सही कुरा नबताए उसको मेडिकल लाइसेन्स नै खारेज गर्दिन्छु।’ भनेँ। 

ऊ डराएर सबै कुरा भन्यो, ‘यसमा मेरो कुनै गल्ती छैन। विक्रमले मलाई धेरै अनुरोध गरेर रिपोर्ट उल्टाउन लगाएको हो। तपाईंको सबै रिपोर्ट नर्मल थियो भाउजू। समस्या विक्रममा नै थियो। मैले गल्ती गरेँ माफ दिनुहोस्।’ यो कुरा सुनिसकेपछि मलाई त्यस्तो माया गर्ने लोग्नेप्रति घृणा लागेर आयो। 

कस्तो स्वार्थ ? कस्तो पुरुषार्थ ? यदि मलाई सहीसही भनेको भए सारा जीवन म उसकै मायामा बाँधिएर बिताउने थिएँ। हाँसीहाँसी सारा जीवन निःसन्तान भएर बाँच्ने थिएँ। नारीको सहनशीलता र समर्पणको गाथा उसले बुझेकै रहेनछ।

मलाई सन्तान नहुनुको पीडाभन्दा उसले मसँग गरेको षड्यन्त्रको पीडाले दुखायो। त्यो दिन मेरो जीवनमा उसले लगाइदिएको पर्दा उत्रियो। त्यो दिन उसले आदर्शको खोल ओढेर लुकाइराखेको संकीर्ण र पितृसत्तात्मक सोचको पर्दा पनि छताछुल्ल भयो। पर्दावाल जिन्दगीको पर्दाफासले मेरो अस्तित्वमा नै प्रश्न उठायो।

अनि मैले गर्भवती भएको अभिनय गरेँ। म चाहन्थेँ कि उसले मेरो जीवनमा लगाएको पर्दा आफैँले उघारोस्। मैले जे चाहेको त्यहीँ भयो। उसले आत्मालोचना गर्‍यो। आफ्नो नामर्दपन लुकाउन मलाई वेश्याको उपमा दिनेसँग म खुसीका साथ अगाडि बस्न सकिनँ। त्यसैले सदाका लागि उसको घर छोडेर नयाँ घर बसाउन हिँडेँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.