काठमाडौँ १४ का वडा सदस्य २ लाख घुससहित पक्राउ

काठमाडौँ १४ का वडा सदस्य २ लाख घुससहित पक्राउ

काठमाडौँः काठमाडौं महानगरपालिका १४ नं वडा कार्यालयका वडा सदस्य वसन्त महर्जन दुई लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले कलंकी, खसी बजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट उनलाई घुससहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए ।

वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.