ओलीको गृह जिल्लामा एमाले विभाजनको असर न्यून

ओलीको गृह जिल्लामा एमाले विभाजनको असर न्यून

झापा : नेकपा एमाले झापाले जिल्लामा न्यून क्षतिमा दल विभाजनको सामना गर्नु परेको छ। एमालेबाट अलग भएर वरिष्ठ नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएपछि त्यसको असर झापाको एमाले वृत्तमा कमजोर देखिएको हो। एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा नेकपा एमालेबाट निर्वाचित थोरै जनप्रतिनिधिले मात्रै नेपाल नेतृत्वको समाजवादी पार्टी रोजेका छन्।

झापामा एमालेबाट निर्वाचित ४९३ जना जनप्रतिनिधि थिए। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई दिएको समयसीमा मंगलबार साँझ सकिँदा सात जनाले नेकपा समाजवादी पार्टी रोजेका छन्। भदौ १८ मा एक जनाले र २२ मा थप छ जनाले समाजवादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। 

प्रमुख निर्वाचन अधिकृत तुलसीकुमार नेपालका अनुसार जिल्ला समन्वय समिति झापाका सदस्य पदम लिम्बु, शिवसताक्षी नगरपालिका–७ का अध्यक्ष नवीन इजम, झापा गाउँपालिका–७ की वडा सदस्य ईश्वरी दाहाल, मेचीनगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा नगरपालिका–६ का वडा सदस्य अर्जुन मेचे, अर्जुनधारा नगरपालिका–३ का वडा सदस्य होम दुलाल र भद्रपुर नगरपालिका–९ का वडा सदस्य कुञ्जा रुचाल समाजवादीको पक्षमा उभिएका हुन्।

वडा सदस्य दाहालले भदौ १८ र बाँकी छ जनाले मंगलबार निर्वाचन कार्यालय पुगेर सनाखत गरेका छन्। समाजवादीको पक्षमा झापामा जनमत ‘नील’पार्न एमालेले धेरै प्रयास गरे पनि सफल नभएको वडाध्यक्ष इजमले बताए। ‘समाजवादीको पक्षमा एउटा पनि जनप्रतिनिधि छैनन् भनेर देखाउन चाहनु भएको थियो। उहाँहरुको प्रयास असफल भयो’, इजमले भने।  

केन्द्रमा धोका, जिल्लामा पनि उही नियति !

केन्द्रमा दोस्रो तहका नेताले जसरी नेपाललाई धोकाधडी दिए, झापामा पनि उही नियति नेकपा एकीकृत समाजवादीले व्यहोर्नु परेको छ। लामोसमय नेता नेपालको पक्षमा दृढतापूर्वक उभिएका नेता नरेश खरेल एमाले विभाजनको विपक्षमा खडा भएका छन्। संविधानसभा सदस्य रविन कोइरालाले पनि आफूलाई ओलीको पक्षमा उभ्याएर नेता नेपालले रोजेको बाटो गलत भएको पुष्टि गरिदिए। 

झापाका नेता र जनप्रतिनिधि अन्तिम ‘आवर’ मा एमाले नछोड्ने निष्कर्षमा पुगे पनि समानान्तर जिल्ला कमिटी बनाएर यसअघि नेता नेपालको पक्षमा खडा भएका पुराना बामपन्थी नेता बेदराज रेग्मी समाजवादी पार्टीका ‘एक्ला बृहस्पति’ हुन्। हिजो नेता खरेल र कोइरालाको अग्रसरतामा रेग्मीलाई अगाडि सारेर एमालेभित्र समानान्तर अभ्यास थालिएको थियो।   

प्रतिनिधिसभा सदस्य पवित्रा निरौला लामो समय नेता नेपालको पक्षमा उभिइन्। उनको एउटा हस्ताक्षरलाई लिएर ‘८६’नम्बरकी सांसद भन्दै गृह जिल्लामा धेरै चर्को आलोचना भयो। एमाले वृत्तमा उनको चर्चा अझै सेलाएको छैन्। पार्टी विभाजनसँगै निरौलासहितका नेताहरू एमालेमा बसेपछि अधिकांश जनप्रतिनिधि समाजवादीमा जान नचाहेका हुन्।  

जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुली, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा, भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ र शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल माधवनिकट मानिन्थे। तर, आज उनीहरुको साथ पनि नेता नेपालले गुमाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.