सवारी दुर्घटनामा सह-चालकको मृत्यु
खाँदबारी : संखुवासभामा भ्याकलोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खाँदबारी-किमाथाङ्का सडक खण्डको मकालु गाउँपालिका–३ समटारमा विहिर रौता कन्स्ट्रक्सनको को ज १ क ४१२ नम्बरको भ्याकलोडर दुर्घटना भएको हो । दुर्घटनामा खाँदबारी नगरपालिका-६ का अन्दाजी २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थाई ट्राफिक प्रहरी कार्यालय संखुवाभाले जनाएको छ ।
चालक घर विदामा बसेकाले सहचालक विकले भ्याकलोटर चलाएका थिए । सडकबाट अन्दाजी सय मिटर तल भ्याकलोडर खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक सहचालक विक यसअघि ट्रयाकटर ड्राइभर थिए। विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइदैछ ।
प्रतिक्रिया दिनुहोस !
४
८