प्रदेश मन्त्रालयमा स्वास्थ्य सेवाको सचिव दरबन्दी खै ?

प्रदेश मन्त्रालयमा स्वास्थ्य सेवाको सचिव दरबन्दी खै ?

काठमाडौँ: प्रदेशस्तरमा स्थापना भएका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव दरबन्दी अझै सिर्जना हुन सकेको छैन । हालसम्म बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापना भएको छ । गण्डकी प्रदेशमा स्वास्थ्य सेवातर्फका डा. वीनोद विन्दु शर्मा, लुम्बिनीमा डा. विकास देवकोटा सचिवमा नियुक्त भएका छन् ।

बागमती प्रदेशमा सामाजिक विकास मन्त्रालय विभाजन गरी स्वास्थ्य मन्त्रालय स्थापना भएको छ । तर, स्वास्थ्य मन्त्रालयको सचिवमा प्रशासन सेवा तर्फको दरवन्दी सिर्जना गरिए त्यसको प्रतिवाद गर्ने स्वास्थ्यका अधिकारीहरुले बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले प्रत्येक प्रदेशमा स्वास्थ्य मन्त्रालय स्थापना हुनुपर्ने र त्यसको नेतृत्व स्वास्थ्य सेवा तर्फको सचिवले गर्नुपर्ने बताए । उनले भने, ‘सबै प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन हुनुपर्छ । र, स्वास्थ्य मन्त्रालयको नेतृत्व स्वास्थ्य सेवा समूहतर्फको व्यक्तिले गर्नुपर्छ ।’

स्वास्थ्यका कर्मचारीहरुले प्रत्येक प्रदेशमा स्वास्थ्य मन्त्रालय हुनुपर्ने र त्यसको नेतृत्व स्वास्थ्य सेवा तर्फको सचिवले गर्न पाउनुपर्ने लवीङ गरिरहेका छन् । यद्यपी नयाँ स्थापना भएको स्वास्थ्य मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत भइसकेको छैन । जसकारण मन्त्रालयको नेतृत्व तहमा स्वास्थ्य सेवाको सचिव पद छैन ।

यसअघि संघ अन्तर्गत स्वास्थ्य मन्त्रालयमा समेत लामो समयदेखि स्वास्थ्य सेवातर्फको सचिव पद खाली थियो । हालै मात्र स्वास्थ्य सेवातर्फका डा. रोशन पोखरेल सचिवमा नियुक्त भएका हुन् । यसअघि प्रशासन समूहतर्फका लक्ष्मण अर्याल स्वास्थ्य सचिवको जिम्मेवारीमा थिए ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाको सचिवस्तरको दरबन्दी सृजना नहुँदा चिकित्सकहरुको मनोवल बढ्न नसकेको स्वास्थ्य अधिकारीहरु बताउँछन् । सरकारी स्वास्थ्यकर्मीहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘हालको कोभिड–१९ संक्रमणसँग प्रत्यक्ष जुधिरहेको र कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भइरहेकोमा स्वास्थ्य कर्मचारीको मनोबल खस्कने र यसले स्वास्थ्य क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भई सेवा प्रवाह समेत फितलो हुनसक्ने देखिन्छ ।’

हाल नयाँ स्थापित भएको स्वास्थ्य मन्त्रालयको दरबन्दी संरचनामा स्वास्थ्य सेवाको ११ औं तहको सचिव दरबन्दी सिर्जना नगरी अन्य सेवाको दरबन्दी सिर्जना नगर्न आग्रह गरेका छन् । उनीहरुले स्वास्थ्य सेवाका कर्मचारीहरु आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्न बाध्य हुने समेत बताएका छन् । बागमती प्रदेशमा सामाजिक विकास मन्त्रालय टुक्र्याएर स्वास्थ्य मन्त्रालय गठन भएको छ । प्रदेश सरकारले प्रशासन तर्फका कर्मचारीलाई स्वास्थ्य सचिव बनाउने तयारी भइरहेको भन्दै सो विषय मान्य नहुने स्वास्थ्यकर्मीहरु बताउँछन् । नयाँ स्थापना भएका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव हुनुपर्ने उनीहरुको माग छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक प्रदेशमा स्वास्थ्य सेवातर्फकै व्यक्तिलाई स्वास्थ्य सचिव बनाएर पठाउने तयारी गरेको थियो । सो अनुरुप स्वास्थ्य मन्त्रालयबाट योग्यता पुगेका ११ औं तहका सहसचिवहरुको नामावली माग गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.