गोर्खाज् फाइनान्सको बदमासी: खोलाको जग्गामा लगानी गर्दै व्यक्तिको रकम रोका

गोर्खाज् फाइनान्सको बदमासी: खोलाको जग्गामा लगानी गर्दै व्यक्तिको रकम रोका

विराटनगर: इटहरीस्थित गोर्खाज् फाइनान्सले व्यक्तिले निक्षेप राखेको रकम रोका गर्दै खोला क्षेत्रमा पर्ने जग्गा किन्न दबाब दिने गरेको पाइएको छ ।

विराटनगरको महालक्ष्मी नारायण रियल स्टेट प्रालिका प्रमुख आनन्द मोहन झाका अनुसार उक्त फाइनान्सको इटहरी शाखामा निक्षेप राखेको ५१ लाख रुपैयाँ ८ महिनादेखि जबर्जस्ती रोकेर खोला क्षेत्रमा परेको जग्गा किन्न दवाव दिने गरेको छ ।

झाले फाइनान्समा धितो राखेको अर्को व्यक्तिको जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाउँदा गोर्खाज फाइनान्सले डिपोजिट माग गरेको र सोही बमोजिम फाइनान्समा खाता खोलेर रकम जम्मा गरी रोक्का गरी राखेका थिए । फाइनान्सले भने जग्गाधनी इटहरीका सुवास दुलालको नाम रहेको १५ कठ्ठा जग्गा खरिद गर्ने भए बालिका दुलालको नामको खोलाभित्रको १ कठ्ठा ७ घुर जग्गा समेत किन्नुपर्ने शर्त तेर्स्याएर ८ महिनादेखि आफूलाई अलमल्याएको पीडित झाले बताए ।

उनले इटहरी उपमहानगरपालिका–१२ पकलीस्थित सुवास दुलालको नाममा रहेको १५ कठ्ठा जग्गा खरिदका लागि जग्गाधनी दुलालसँग  सहमति गरेका थिए । गोर्खाज फाइनान्समै धितोमा रहेको उक्त जग्गा खरीद गर्नका लागि दुलालकै नाममा रहेको  अर्को कित्ताको १ कठ्ठा ७ धुर जग्गा समेत खरीद गर्नुपर्ने भन्दै फाइनान्सले पछि शर्त तेर्स्याएको झाले गुनासो गरे ।

झाले भने ‘फाइनान्सले खोलाभित्रको जग्गा आफूलाई योजनावद्ध तरिकाले भिडाउने षडयन्त्रमा लागेको छ। फाइनान्सले सुवासको १५ कठ्ठा र डिल्ली सुवेदीको १८ कठ्ठा जग्गा किन्नुहुन्छ भने हाम्रोमा खाता खोलेर पैसा राख्न भनेको थियो, मैले सोही अनुसार ५१ लाख रुपैयाँ बैना स्वरुप बैंकमा खाता खोलेर राखें’ पीडित झाले भने, ‘तर फाइनान्सकै मिलेमतोमा १५ कठ्ठा जग्गा हामीलाई नसोधी बेचिएपछि खोलाभित्रको जग्गा मलाई किन्न दवाव दिइयो ।'

पीडित झाले २०७७ पुस २ गते गोर्खाज फाइनान्सको इटहरी शाखामा खाता खोल्ने र रकम जम्मा गर्ने भन्दै कम्पनीको नामबाट एकल माइन्युट गरेका थिए । उनले फाइनान्सको विश्वासमा परेर ५१ लाख रुपैयाँ जम्मा गरे । उक्त रकम रोक्का राखिदिने निर्णयसँगै  डिल्लीप्रसाद सुवेदीको कित्ता नं. ७९४ र ७९६ को क्षेत्रफल १८ कठ्ठा, सुवास दुलालको पकलीस्थित कित्ता नं. ७९३ र ७९५ को १५ कठ्ठा, सुन्दरहरैंचाको कित्ता नं. ३०८७ नम्बरको १ कठ्ठा ७ धुर जग्गा खरीद गर्ने व्यहोरा उल्लेख गरेर फाइनान्सलाई माइन्युट बुझाएका थिए । तर फाइनान्सले धितोमा लिएको १ कठ्ठा ७ धुर जग्गा भने खोलाभित्र रहेको कुरा पछि नापजाँच गर्दा मात्रै थाहा पाएका थिए ।

एकल निर्णय अनुसार तीनवटै कित्ताको जग्गा ०७७ चैत मसान्तभित्रै पास गर्ने भाका राखेर फाइनान्समा बैना जम्मा गरे पनि फाइनान्सले भने झालाई जानकारी नै नदिई सुवासको नाममा रहेको १५ कठ्ठा जग्गा बिक्री गर्न फुकुवा सहमति दिएको पाइएको छ । फाइनान्सले योजनावद्ध रुपमा १५ कठ्ठा जग्गाको फुकुवा सहमति दुलाल दिएर दिएर झालाई भने खोलाभित्र पर्ने १ कठ्ठा ७ धुर जग्गा भिडाउन खोजेको पाइएको छ ।

सुवास दुलालको नाममा रहेको सुन्दरहरैंचा र बेलबारी नगरपालिकाको सिमाना छुट्याउने लालभित्ती खोलाभित्रको १ कठ्ठा ७ धुर जग्गा धितो राखेर ४९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । उक्त खोलामा परेको जग्गासहित खोलाको सिमानाबारे अहिले सुन्दरहरैंचा र बेलबारी नगरपालिकाबीच विवाद कायम छ ।

सुवासको नाममा रहेको १ कठ्ठा ७ धुर जग्गा सहित सोही जग्गामा जोडिएको बालिका दुलालको नाममा रहेको १ कठ्ठा ६ घुर जग्गामा फाइनान्सले थप ४९ लाख रुपैयाँ लगानी गरेको स्रोतले बताएको छ । खोलाभित्रको उक्त दुईवटा कित्तामा फाइनान्सले ९८ लाख रुपैयाँ लगानी गरेको हो ।

साथै जग्गामा लगानी गर्ने फाइनान्सका तत्कालीन शाखा प्रमुख अहिले अमेरिका पलायन भएको बताइएको छ । खोलाको  जग्गाको भ्यालुऐशन गर्ने भ्यालुऐटर समेत कालो सूचीमा परेका छन् ।

फाइनान्सले झण्डै ५ वर्षअघि खोलाभित्र अस्वभाविक मुल्याकंन गराई लगानी गरेको र पछि आफू फसेको थाहा पाएपछि जग्गाधनी सुवास दुलालमार्फत सर्वसाधारणलाई बेच्ने गरेको पाइएको छ ।

फाइनान्सले अहिले खोलाभित्रको (कठ्ठा) धुर जग्गामा गरेको लगानीको सावा व्याजसहित ६५ लाख रुपैयाँ किन्न दवाव दिइरहेको पीडित झाले बताए ।

खोलाभित्रको जग्गा जानीजानी किन्न नसकिने भन्दै आफूले जम्मा गरेको रकम फिर्ता मागेको उनले बताए । तर फाइनान्सले भने पैसा रोक्न नमिल्ने भन्दै विभिन्न बहाना बनाउने तर जम्मा भएको पैसा अहिलेसम्म झिक्न दिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.