बोक्सीप्रथामा आधारित ‘शल्यक्रिया’ विमोचन

बोक्सीप्रथामा आधारित ‘शल्यक्रिया’ विमोचन

काठमाडौं : सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित कृति ‘शल्यक्रिया’ विमोचन गरिएको छ। बोक्सीप्रथा केन्द्रित अनुसन्धानात्मक अध्ययन पुस्तकलाई विमोचन गरिएको हो।

सोमबार राजधानीमा राष्ट्रिय महिला आयोगमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गर्दै सांसद् निरु पालले नेपालमा भएका कानुनभन्दा र देख्दा सजिलो भएपनि व्यवहारमा लागु हुन गाह्रो पर्ने गरेको बताइन्। सुदूरपश्चिममा अहिले पनि छाउँ प्रथा र देउकी प्रथा रहेको बताउँदै उनले कतिपय महिला दिदिबहिनिलाई आफ्नो हक र अधिकारको बारेमा थाहै नभएको बताइन्। यसैका कारण महिला अझै पनि हिंसा, बलात्कार र सामाजिक भेदभावको सिकार हुने गरेको औंल्याइन्। ‘अन्याय गर्ने पनि अपराधी हुन् र अन्याय सहने पनि अपराधी हुन्’, उनले भनिन्, ‘परिवर्तन भन्ने कुरा आफैँबाट सुरु हुनुपर्छ।’ 

छोरीहरूमा हुने हिंसामा सबैभन्दा बढी महिनावारी हिंसा भएको सामाजिक अभियन्ता एवं लेखक राधा पौडेलले बताइन्। 

मदन पुरस्कार विजेता लेखक पौडेलले पीडितलाई राज्यले कसरी हेरेको छ भन्ने कुरा पनि महत्वपूर्ण भएको जनाइन्।अधिवक्ता शशी बस्नेतले कुरीति र हिसांले पनि समाजमा परिवर्तन आउँछ भन्ने विषयलाई शल्यक्रिया पुस्तकले प्रष्ट पारेको बताइन्। 

पत्रकार एवं लेखक अमृता लम्सालले महिलाको कुरा आयो भने पार्टीको हिसाबले पक्षपात हुने गरेको प्रष्ट्याइन्।

पुस्तकले सुक्ष्म तथा सटिक रुपमा बोक्सी प्रथाको चिरफार गर्न सफल भएको प्रकाशन संस्था चेन्ज एक्सन नेपाल (क्यान)की अध्यक्ष इन्दिरा घलेले बताइन्। उनका अनुसार पुस्तकले बोक्सी प्रथाका कारण र यसले समाजमा पार्ने असरबारे सविस्तार प्रकाश पारेको छ। साथै बोक्सी प्रथासम्बन्धी विद्यमान विभिन्न अन्धविश्वासहरुको वैज्ञानिक विश्लेषण पनि पुस्तकमा गरिएको उनले जानकारी दिइन्। 

अन्धविश्वासमा आधारित बोक्सी जस्ता कुरीतिजन्य हिंसा उन्मूलन गर्नका निम्ति सांस्कृतिक आन्दोलनको आवश्यकता देखिएको लेखकद्वयको निष्कर्ष रहेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.