टुँडालमा शृंगारिक कला
मूर्ति टुँडालमै कुँदिन्छन्। टुँडालहरू मन्दिरका छानोलाई थेग्छन्। नकुँदिएका टुँडाल नांगो हुन्छन्। देखिन्छन् वस्त्रविहीन शरीर जस्तो। सभ्यता नबुझे जस्तो। अलंकारको महत्तव नबुझे जस्तो।
कलात्मक टुँडाल ! टुँडालका यौन मूर्तिकला ! एकआपसमा परिपूरक। आपसमा परिपोषक पनि। एकको अभावमा अर्को झन्डै रित्तो प्रायः। टुँडालबाट बने बनाइएको आधार वस्तु। आधार वस्तु दुई प्रकारमा। मूर्ति टुँडालमै कुँदिन्छन्। टुँडालहरू मन्दिरका छानोलाई थेग्छन्। नकुँदिएका टुँडाल नांगो हुन्छन्। देखिन्छन् वस्त्रविहीन शरीर जस्तो। सभ्यता नबुझे जस्तो। अलंकारको महत्व नबुझे जस्तो।
सभ्यताले मानिसलाई अलंकार लाउन सिकाए। अलंकारले मानिसलाई सभ्य तुल्याए। कति अन्योन्याश्रित ! नङ र मासु जस्तै। प्रिय प्रियसी बराबर ! सायद, त्यसभन्दा बेसी बढी पनि ! यिनलाई हामीले नै विश्लेषण गर्नुछ; गरौं। आखिर हामी मानिस। मानिस हामी ! प्राकृत प्राणी सबैले कहाँ गर्छन् ? मानिस अवतारले जस्तै। आमाको छ्यान सन्तानले चुस्नु परुञ्जेल त हो... ! हुर्केपछि मातृ सम्बन्ध कताकता... जे पनि बन्न सक्छ। हुन सक्छ। कलात्मक टुँडाल... टुँडालका यौन मूर्तितुल्य !
लरखरिएझैं अलि; खलबलिएझैं अलि ! होस हराएझैं। चेत गुमाएझैं। पाइलाहरू चालमा नभएझैं ! नखरा बनेझैं, लाग्न थाल्यो लरखराएझैं ! आफूभित्र आफैं नभए जस्तो टुँडाल देवी चढेझैं ! मथिंगलभित्र कम्पन भरेझैं। घाट न घरको भएझैं। टुँडालमा कुँडिएका विलक्षणयुक्त नग्न यौन मूर्ति। न मूर्तिकार–सर्जक–काष्ठ कलाकारका नामांकन पाइन्छ त्यहाँ... ! केवल राजा यक्ष मल्लका...। पशुपतिनाथ मन्दिर यो। निर्माणकाल नेपाल सम्बत् ६०५। अहिले नेपाल सम्वत् ११४१। मन्दिर निर्माण यस वर्षमा घटाउँदा सर्लक्क अंकगणित ठ्याम्मै मिल्न पुग्छ।
मन्दिर निर्माणका पृष्ठभूमिमा आख्यानिक कथन छ। किंवदन्ती जस्तो लाग्दो। मन्दिर निर्माण हुनुपूर्व राजा यक्ष मल्ल दिनहुँ भक्तपुरबाट प्रातःकालै पैदल बागमती किनारका लिच्छविकालीन पशुपति मन्दिर धाउँथे। देवादीदेव महादेव दर्शन गरी भक्तपुर फर्कन्थे।
एक वर्षायाममा राजा यक्ष मल्ल मनहरा र बागमती नदीहरू बाढीको भेल बढ्नाले दिनभर नदी तर्न सकेनन्। मनमा नैराश्यका भारी बोकेर भक्तपुर फर्केछन्। त्यही रात सपनीमा पशुपतिनाथले सान्त्वना दिए। कि आइन्दा यस्तो बिजोग भोग्नु नपरोस्। दरबार परिसरमै अर्को उस्तै देवल निर्माण गराएको लोकवार्ता छ।
लोकवार्ता समयानुरूपका जनधारणा हो। लोकवार्ताले तत्कालीन समयको ऐतिहासिक स्थिति प्रक्षेपण गर्दछ। त्यसताकासम्म हाम्रोमा खासै मेसिन र मेकानिकल औजार प्रयोगका समय उदय भई नसकेको आभास हुन्छ।
जेहोस् यस अभिलेखनको मूल उद्देश्य त्यही यक्षेश्वर महादेव मन्दिरका सेरोफेरो प्रयुक्त टुँडालका नग्न यौन मूर्तिकला छ। पहिलो प्रश्नवाचक जिज्ञासा मेरो। यत्रो भावभक्तिपूर्वक प्रातकालमै नरनारीहरू शिवजीको पूजा–अर्चनामा लाम लाग्छन्। सबैका दृष्टिमा पर्ने गरी टुँडालहरूमा यस्तो नग्न यौन मूर्ति कुँडिनुको प्रयोजन के र किन ? यिनै जिज्ञासाका साथै अन्य सरोकारी प्रसंगमा आदरणीय पाठक महानुभावसित सहयात्रा
गर्न जमर्किंदै छु।
श्रद्धालु भक्तजनका भावभक्ति प्रदर्शन युगसापेक्ष प्रभातफेरी मान्नु पर्छ। निराहार देह, स्वच्छ मनमस्तिष्क ! स्वच्छ मनले निर्मल विचारहरू स्वस्थ र स्वच्छन्द संग्रह र आत्मसात् गर्छ। यो शारीरिक मनोविज्ञान; मनौवैज्ञानिक स्वास्थ्य साधना पनि ! प्रभातकालीन यौन मूर्तिकला दर्शनले प्रभातकिरण छर्कन्छ। मधुरो प्रभात किरणका मिठास मध्याह्नको उत्तेजिलो रापिलो उष्णले पाको रातमा उत्तेजना फैलाउँछ। निर्विबाद सांसारिक ध्रुवसत्य रहे, बनेको यो ! शाश्वत सत्य सदाबहार। सबै ऋतु ! युगान युग पर्यन्त... !
युगीन प्रथा र प्रचलनले युग बोध गराउँछ। युग बोधी अन्तर्यले संस्कार जन्माउँछ। हुर्काउँछ, फुलाउँछ, फलाउँछ। अरू सांसारिकता झरम्झुरम् झर्छ, बिलाउँछ। संस्कारमूलक संस्कृति सदाबहार बन्छ। संस्कृति यति तगडा जीवन तत्व बनेको छ; स्रष्टा सुस्ताउँछ। सांस्कृतिक सम्पदा सदाबहार... ! सांस्कृतिक सम्पदा सामाजिक, आर्थिक अनि अनेक भौतिक सम्पत्तिसित अतुल्य रहन्छ।
संंग्रहालय, म्युजियम, आर्काइभहरू युगीन युगहरूलाई जीवन्त बनाउने सम्पदा बन्छन्। रहेका हुन्छन् पनि। तिनैलाई उपयोग उपभोग गरेर हामी, हाम्रा युगहरू गौरवान्वित बनेका हुन्। बनिरहने छन् यत्तिकै। योभन्दा आधिकाधिक पनि ! सांस्कृतिक सम्पदा जति संवेदनापूर्ण सरोकार अरू छन् नै के र ?
टुँडालहरूमा जडित यौन मूर्तिकला रहेको छ। मन्दिर मन्दिरमा त्यस्ता मूर्तिकला यत्रतत्र छरपष्ट छन्। टुँडाल मन्दिरका छाना थाम्ने मूलवस्तु हुन्।
संयुक्त राष्ट्रसंघीय निकाय युनेस्को विश्वभरकै सांस्कृतिक सम्पदा संरक्षण–सुरक्षणमा दत्तचित्त छ। भक्तपुर नगरपालिकाको आयोजनामा विश्व सम्पदा सुरक्षण संरक्षण अभियानमा युनेस्कोका तत्कालीन प्रतिनिधि डा. रिचार्ड इङ्लहायमसहित अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाविद्सहितको अन्तर्राष्ट्रिय सम्मेलन भएथ्यो। त्यहाँ सहभागी बन्ने अवसर पाएथें ! तत्कालीन सांसद नारायणमान बिजुक्छेँ, सुनील प्रजापतिलगायत अरू थुप्रै महानुभाव सबैतिरबाट भेला भएथे।
तत्कालीन मेयर प्रेम सुवालले ‘तेजेश्वर दाइ, तपाईंले एउटा काम गरी सहयोग गर्नुस्’ भन्नुभयो। ‘यहाँ सबैले अंग्रेजी बुझ्दैनन्। नेपाली भाषा विदेशीले बुझ्दैनन्। अंग्रेजीमा बोलेकोलाई नेपाली र नेपालीमा बोलेकोलाई अंग्रेजीमा रूपान्तरण गरी सहयोग पुर्याउनुस्।’ सहज काम सहजै तवरले भयो। यो सच्चा नागरिकको स्वयम्सेवा दायित्व सम्झेको छु।
केन्द्र विन्दुमा रहेको प्रसंग मन्दिरहरूका टुँडालहरूमा जडित यौन मूर्तिकला रहेको छ। मन्दिर मन्दिरमा त्यस्ता मूर्तिकला यत्रतत्र छरपष्ट छन्। टुँडाल मन्दिरका छाना थाम्ने मूलवस्तु हुन्। भित्ताभित्तामा त्यस्ता यौन मूर्तिकला टाँसिएको भए त्यसले उत्तेजक भूमिका पूरा गर्छन्। टुँडालहरूमा कुँडिएका भएर प्रत्यक्ष आरोपन भएन। यसको अप्रत्यक्ष प्रभाव भने छ, रहन्छ। यस्ता यौन मूर्तिकलाले सजिएका मन्दिर र टुँडालहरू सर्वत्र छरपस्त छन्। तर, तिनका तथ्यांक विवरण पुरातत्व विभागमा हुनु राम्रो हुँदो हो।
परन्तु तथ्यांक विभाग केन्द्रीकृत शासन प्रणालीको अंग छ। अब त संघीय प्रणालीमा नेपाल प्रवेश भइसकेर शासन व्यवस्था संघीय (केन्द्रीय), प्रादेशिक र स्थानीय नगर, गाउँवडासम्मै संविधानतः नै विकेन्द्रित भएको छ। यसलाई अभ्यन्तरैदेखि सुदृढीकरण गर्दै अघि बढ्न विशेषज्ञीयताको खाँचो छ। चेतनास्तर वृद्धि साथै यसप्रति तीव्र चासो र मर्म बोध हुँदै जाँदो हो। भनुँ भनुँ लाग्छ वादेवादे जायते तत्वबोध संस्कृत श्लोक। कथै बादेबादे बर्बादे नभई जाऊन्। कामना गर्छु शुभ मंगल सुदृढीकरण... !
अब त राजनीतिक अलापविलाप, आरोप प्रत्यारोपभन्दा हामीले चर्चा गरेका बहस विषयक मन्दिरहरूका टुँडाल देवीहरूको अभिलेख, तथ्यांक सबै तहका स्थानीय सरकारहरूबाट चासो लिई संकलन गर्ने अभियान भर्दा समुन्नत, सुदृढ र सुखी नेपाल र नेपाली बन्ने ठान्छु। मन्दिरहरू देश संघ, प्रदेश र स्थानीय नगर, गाउँ, वडा तहमा निर्मित मन्दिरहरूमा रहेका यौन मूर्तिकलाका तिनै निकायहरूलाई यथा विदित हुने आधार सबल छ।
यस विषयक प्रविधि प्रशोधन गर्ने कार्य संस्कृति मन्त्रालय छ। संस्कृति मन्त्रालय मातहतका विभाग र निकायहरूमार्फत तहगत स्थानीय सरकारहरूलाई मार्ग दर्शन, प्रशिक्षण, अनुगमन गरी मजबुत गर्न सकिन्छ। नअत्तालिकन अघि सर्नु हामी सबैको नागरिक दायित्व रहेको यथार्थ हो।
मध्यपुर थिमी नगरपालिकाको दक्षिण वाराही र बालकुमारी मन्दिरका महिमा तिनै टुँडालका नग्न यौन मूर्तिकला उत्तिकै शत्तिशाली भूमिका राख्दछ।
टुँडालका यौन मूर्तिकला केवल यक्षेश्वर महादेवको मन्दिरमै सीमित रहेको छैन। भक्तपुरकै अन्यान्यै मन्दिरहरूमा पनि छ्यापछ्याप्ती छन्। प्रसंगवश भक्तपुर नगरपालिका वडा नं ३ खौमा टोलस्थित इन्द्रायणी मन्दिरको दक्षिण पश्चिमका सानु मन्दिरको एक टुँडालमा हात्ती, कछुवा र अन्य जीवजन्तुका यौन मूर्ति कुँदिएको छ। सूक्ष्म दृष्टिपातमा छर्लंगिन्छ सबै। खौमा टोल आफू जन्मी, हुर्की बढेको स्थान बालापनदेखि मनग्य देख्दै बढेको स्थान ! मन्दिरका टुँडालमा यस्ता यौन मूर्तिकला सर्वत्र छ्यापछ्याती छन्। निर्वाध रूपमा अवलोकन गर्ने सबैलाई पर्याप्त छ अवसर। मात्र सम्बन्धित पालिका सरकारहरूले सूचीकृत गरी प्रक्षेपण गर्नु आवश्यक छ।
डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा होस्, जुम्ला खलंगाको मष्टो मन्दिरमा पनि त्यस्तै छन्। काठमाडौं उत्तरबर्ती टुँडालदेवी मन्दिरमा जडित नग्न यौन मूर्तिकला विश्लेषण गर्न हत्ताकत्ता छँदै मलाई आमन्त्रण गरिएको झल्यासिएँ। सँगै खाना खाने गरी घरैमा आउन भनेकीले सशंकित मन मानेन। रसियन दूतावासकी सांस्कृतिक सहचारी महिला कुमारीलाई भक्तपुरको स्वर्णद्वार प्रवेश गराएथेँ। तोरणमाथिकी दुर्गा भवानीलाई शिरमाथि राखी प्रवेश गर्दै गरेको प्रसंग उल्लेख गर्दा उनी प्रफुल्लित भएकी बताइन्। यी प्रसंगहरू नारी महिमा गायन सिवाय अरू के नै थियो र... !
टुँडालदेवी मन्दिर लिच्छविकालीन शासन व्यवस्थाका स्वरूप चिन्ह/छाप रहेका छन्। विस्तृत विश्लेषण, विवेचना इतिहास र पुरातत्वविद् वर्गका थाप्लोको नाम्लो ठान्छु। अध्ययन अनुसन्धानद्वारा हामी यसतर्फ रुचिराख्ने, स्थानीय तथा संघीय निकायका सरोकारवाला सबैले मिलिजुली अघि बढ्नु छ। यसमा सामाजिक सञ्चारका मास मिडिया, छापावाल राष्ट्रिय दैनिक सबैले आपसमा सहमति जुटाई अग्रसर हुनु अपरिहार्य देख्छु।
देशका विभिन्न जिल्ला र अन्तर्गतका सदरमुकाम र पालिकामा निर्मित मन्दिरका टुँडालहरूमा पनि यस्ता यौन मूर्तिकलायुक्त सांस्कृतिक सम्पदाहरू अवलोकन गर्ने अवसर पाएको छु। डोटीको शैलेश्वरी मन्दिर, पोखराको तालवाराही मन्दिर, बिन्दुवासिनी मन्दिरका साथै अन्यत्र पनि छ्यापछ्याप्ती पाइन्छन्।
विन्ध्यवासिनी मन्दिरको नामकरण आफैंमा पूर्वीय जीवन दर्शनमूलक तान्त्रिक साधनायुक्त मान्त्रिक रहस्ययुक्त छ। बिन्दु एक सूक्ष्म स्थान/थलो हो। सामान्य/सर्वसाधारण जीवनमा उत्ति महत्वपूर्ण स्थान राखोइन। दार्शनिक तान्त्रिक दृष्टिमा जीवनवादी धारणाकै आधारशिला बनेको छ– विन्दु ! हाम्रा जीवन यात्राका प्रत्येक प्रारम्भ सानुभन्दा सानु अणु–परमाणुबाटै सिर्जना हुन्छ, भएको छ।
अन्तरिक्षका दृश्यमान, अदृश्यमान निबोलाहरू सबै बिन्दु नै हुन्। भन्नुको तात्पर्य हाम्रा जीवनका सार सूक्ष्म बिन्दुमै निर्वासित छन्। त्यसैले बिन्ध्यवासिनी माईका महिमा अपरम्पार छन्।
टुँडालमा अंकन भएका नग्न यौनमूर्ति कलाका महिमा अपरम्पार लाग्छ। नजिकका देवता हेला। भक्तपुरकै मध्यपुर थिमी नगरपालिकाको दक्षिण वाराही र बालकुमारी मन्दिरका महिमा तिनै टुँडालका नग्न यौन मूर्तिकला उत्तिकै शक्तिशाली भूमिका राख्दछ।
भारतको दार्जिलिङ भ्रमण गर्दा त्यहाँ पनि हाम्रै कुम्भेश्वर मन्दिरसित मिल्दोजुल्दो मन्दिर अवलोकन गर्ने सुअवसर पाएथेँ। त्यस कलात्मक मन्दिर र परिसरको सुकीर्तिमान नामै धीरधाम रहेको छ। स्व. धीरशमशेर जबरा श्री ३ जंगबहादुर राणाका मनपर्ने कान्छो भाइ भनि अहिले सौहाद्र्र छिमेकी मित्र रहेका हेमन्तशमशेर जबराले बताए।
मन्दिर मन्दिरका टुँडालहरूमा यौन मूर्तिकलाका सम्पदाजडित हुनुको मूलभूत कारण रहेको छः तत्काल हाम्रो जन्मभूमि नेपाल राष्ट्रभरि नै जनशक्ति अत्यन्त पातलिएको सत्यतथ्य रहेको छ। त्यस मूलभूत खाँचो पूरा गर्दै लान सामयिक शिष्ट सांस्कृतिक यौन मूर्तिकला धार्मिक, सांस्कृतिक, सामाजिक, संरचनागत सम्पदाका उपाय अपनाएको आफ्नै चिन्तन चेत सौगात भर्दछु !