जुवा अखडामा प्रहरीको छापा : १७ जना पक्राउ, भाग्दा लडेर जुवाडे घाइते

जुवा अखडामा प्रहरीको छापा : १७ जना पक्राउ, भाग्दा लडेर जुवाडे घाइते

झापा : झापाको दमकस्थित एउटा घरमा सञ्चालन भएको जुवा अखडामा छापा मारेर प्रहरीले गएराति १७ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले कौडा र नगदसहित गएराति पौने १२ बजे उनीहरुलाई समातेको हो।

पक्राउ पर्नेमा भद्रपुरका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तीर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपालिकाका सुबिन्द्र सुब्बा, कन्काई नगरपालिकाका मोहन बराल र सुनिल साह, मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी र रुपेश तामाङ, पथरी शनिश्चरे नगरपालिकाका बलराम बस्नेत र गंगाराम मगर, बेलबारी नगरपालिकाका निशान पोखरेल, दमक नगरपालिकाका कर्ण राई, राजन दाहाल र विनोद थेवे छन्। 

जुवाको अखडाबाट भाग्ने क्रममा एकजना लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। झापाको दमक-१ का हिमाल देवानको घरमा प्रहरीले छापा मारेर जुवाडे समातेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए। देवानको घर कम्पाउण्डको पछाडिपट्टि कोठामा जुवाजन्य खेल कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलबाट ४ लाख २७ हजार नगद बरामद गरेको छ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये भद्रपुर-१० का ठाकुरप्रसाद निरौला घाइते भएका छन्। भाग्ने क्रममा उनी लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.