सम्पत्ति विवादमा हत्या : चार टुक्रामध्ये एक टुक्रा शव भेटियो

सम्पत्ति विवादमा हत्या : चार टुक्रामध्ये एक टुक्रा शव भेटियो

झापा : झापा गाउँपालिका–१ माइती भएकी डोली भनिने धोन्नी टुडुको हत्या अभियोगमा झापा प्रहरीले भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न दुई जना र घटना लुकाउन सहयोग गर्ने थप दुई जनालाई पक्राउ गरी बुधबार झापा प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारत किसनगञ्जका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका–१ का ३७ वर्षीय लखन टुडु, सोही ठाउँका सिरी साइला भनिने ५६ वर्षीय सोमाइ हेमरम र २७ वर्षीय श्री हेमरम छन्। श्रीमान्को मृत्यु भएको १५ दिनपछि भारत किसनगञ्जबाट माइती घर झापा गाउँपालिका आउँदै गरेकी डोलीको भदौ २४ गतेराति बाटैमा हत्या भएको थियो। 

आफन्त र परिवारजन समेतको संलग्नतामा डोलीको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए। झापा गाउँपालिकाको नेपाल भारत सीमावर्ती क्षेत्रमा टुक्राटुक्रा पारेर उनको शव फ्याँकिएको अभियुक्तले बयान दिएका छन्। टाउको, जीउको माथिल्लो भाग, कम्मर भन्दामुनि र घुँडाभन्दा तल गरेर शव चार टुक्रा पारिएको अभियुक्तको बयान छ।

पक्राउ परेकामध्ये ऐतवार मृतक डोलीका भाञ्जा हुन्। लखन मृतक महिलाको सौताको भाई रहेको खुलेको छ। घटना लुकाउन सहयोग गरेको खुलेपछि सोमाइ र श्री पनि प्रहरी फन्दामा परेका हुन्। उनीहरुले स्थानीय सानो माइ खोलामा डोलीलाई नियन्त्रणमा लिएर टुक्रा टुक्रा पारेको बयान दिएका छन्। स्थानीय सानो माइ खोलामा अपरिचित महिलाको शव आधा काटिएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार घुँडाभन्दा माथि र कम्मरभन्दा तलको भाग मात्रै फेला परेको छ। ‘टाउको, घुँडाभन्दा तल र कम्मरभन्दा माथिको भाग अझै भेटिएको छैन्’, एसपी भट्टराईले भने, ‘विभत्स ढंगले हत्या गरेर खोलामा फालिएकाले आधा भाग भेट्न सकिएन।’ खोलामा बाढी आएको मौका छोपेर अभियुक्तले शव बगाएको प्रहरीले जनाएको छ।  

घटनाका अर्का अभियुक्त मृतक महिलाका देवर किसनगञ्जका मण्डल हेमरम फरार छन्। डोलीको श्रीमान्को मृत्यु भएको, सन्तान समेत नभएकाले सम्पत्ति विवादमा देवरसमेतको संलग्नतामा हत्या भएको एसपी भट्टराईले बताए। सौताले उनलाई बोक्सीको आरोप लगाउँदै आएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.