प्रचण्डले पार्टीको लाइन छोडे : बादल

प्रचण्डले पार्टीको लाइन छोडे : बादल

चितवन : एमाले नेता रामबहादुर थापा 'बादल'ले प्रचण्डले पार्टीको लाइन छोडेको आरोप लगाएका छन्। भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रचण्ड पलाएन हुँदै गरेको आरोप लगाए। उनले प्रचण्ड गैर राजनैतिक हिसाबले अगाडि बढेको धारणा राखे।

प्रचण्डले माओवादी छोडेर एमालेमा गएका रामबहादुर थापा बादललाई लाल गद्धार भएको आरोप लगाएका थिए। त्यही आरोपको खन्डन गर्दै आफूले धोका नदिएको भन्दै प्रचण्ड नै गैर राजनैतिक हिसावले अघि बढेको बताए। 

एमाले स्थायी कमिटि सदस्य थापाले पार्टीको लाइन बिर्सिएर दाहालले नयाँ गुट स्थापना गरेको बताए। ‘लाइन भनेको लोकतन्त्र, राष्ट्रियता, समाजवाद र समृद्धि हो। लाइन मैले छोडेको होइन त्यो पुष्पकमल दाहालले छोड्नुभएको छ । उनले नयाँ गुट स्थापना गरेका छन्। त्यो गुट बुर्जुवाको पछाडी लागेको छ’, थापाले भने , ‘पार्टी फुटाएर जानेहरु लाइन छोडेर गएका हुन्। हामी लाइनमै छौं। ’

बादलले प्रचण्ड अब विस्तरै एक्लिंदै गएको बताए। माओवादी भित्र अन्तरविरोध बढेको बताउँदै उनले प्रचण्डको राजनैतिक भविष्य सकिएको बताए। ‘तपाईंले माओवादी भित्रको अन्तरविरोध देखिरहनुभएको छ। यो कुरालाई स्वयम् प्रचण्डले नै व्यक्त गरिरहेका छन् म कतै एक्लो हुने त होइन । यहाँ मन्त्रि हुन लुछाचुडी गरिरहेका छन्। म त्यो घेरा तोडेर अहिले आइरहेको छु भन्ने जुन अभिब्यक्ति सुनिरहनु भएको छ। त्यसको अर्थ प्रचण्डको पछाडी लागेका छन् भन्ने त बुझिएन ’ उनले भने, ‘अहिले सही लाइनको सही पार्टीको पक्षमा आवद्ध छन्।’  तपाईं प्रचण्डसँग चुनाव लड्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले पार्टीले निर्णय गरे त्यो हुन सक्ने बताए। 

उनले पार्टी भित्र देखिएको दशबुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नभएको बताए। उनको बुझाइमा समस्या रहेको भन्दै केन्द्रीय समितिको बैठकले समाधान गर्ने बताए। ‘त्यस्तो विवाद केही छैन। त्यसलाई बुझ्ने सन्दर्भमा केही प्रश्नहरु उठेका छन्। केन्द्रीय समितिको बैठकबाट ती बुझाइमा एकरुपता ल्याउँछ’, उनले भने। 

सरकारको कार्यशैली लोकतन्त्र र राष्ट्रियताको विरुद्धमा केन्द्रित रहेको उनले बताए। सिमा अतिक्रमण र एमसिसिको विषयमा मित्रराष्ट्रको विरोध गर्न नपाउने गहृमन्त्रालयको निर्णय लोकतन्त्र विरोधी भएको टिप्पणी गरेका छन्। 

पदीय मर्यादा मिचेर सभामुखले लोकत्नत्र र विधिको उल्लंघन गरेको आरोप लगाए। निश्पक्ष नभएको आरोप लगाउँदै कुनै पार्टीको कार्यकर्ताको भूमिका खेलेको भन्दै आलोचना गरेका छन्।  उनले परिमार्जन गरेर भए पनि एमसिसि पास गर्नुपर्ने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.