तिनाउमा पौडी खेल्दा ८ वर्षीय बालकको मृत्यु
बुटवल : रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका देविनगरस्थित तिनाउ नदीमा पौडी खेल्दा ८ वर्षीय सुजन शारुको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुटवल–४ आदर्शनगरका सुजन बिहीबार साँझदेखि परिवारको सम्पर्कमा नरहेको भन्दै परिवारले प्रहरीलाई जानकारी गराएको थियो।
शुक्रबार बिहान बुटवल–११ बुद्धनगरको पुलमुनी ढुंगामा अडुकिरहेको अवस्थामा सुजनको शव भेटिएको इलाका प्रहरी कार्यालय वुटवलका प्रमुख (डिएसपी) मदन कुवँरले जानकारी दिए। कुवँरका अनुसार पौडी खेल्दा सुजनलाई खोलाले बगाएर मृत्यु भएको हो।