पाँच वर्ष मुनिका बालबालिकामा‘मौसमी संक्रमण’

पाँच वर्ष मुनिका बालबालिकामा‘मौसमी संक्रमण’

दाङ : दाङमा बालबालिकामा मौसमी संक्रमण देखिएको छ। एक महिनाको अवधीमा दुई हजार बालबालिकामा मौसमी संक्रम देखिएको अस्पतालहरुले जनाएका छन्। पाँच वर्ष मुनिका बालबालिकामा यस्तो समस्या रहेको बालरोग विशेषज्ञ श्रीधर खनालले बताए। 

संक्रमण देखिएका प्राय सबै बालबालिकामा कोरोना भाइरससँग मिल्दोजुल्दो प्रकारको लक्षण  देखिने गरेको छ। तर परीक्षण गरिएका बालबालिकामा भने कोरोना भने  नेगेटिभ देखिएको छ। सामान्य लापरवाहीका कारण पनि अहिले प्रकोप बढेको हुँदा अस्पतालमा उपचारका लागि बेडको समेत समस्या भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए। जिल्लाको तुलसीपुर क्षेत्रका अधिकांश बालबालिकाहरुमा उच्च ज्वोरो आउने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने, कोखा हान्ने जस्ता लक्षण देखिएका छन्। 

विशेष गरी बिरामी भएका बालबालिकामा भाइरल ज्वोरो, निमोनिया र स्वासप्रस्वासको समस्या भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका बालरोग विशेषज्ञ डा. श्रीधर खनालले बताए। विगतमा देखिने मौसमी ज्वोरो र अहिलेको मौसमी ज्वोरोमा धेरै फरक रहेको भन्दै अभिभाकहरु अलि चनाखो हुनु पर्ने बताए। बरामी भएका बालबालिकामा ४-५ दिनसम्म पनि ज्वोरो कम नहुने, लगातार खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने एन्टिवायोटिक औषधीले समेत काम नगर्ने गरेको बताए। 

विशेष गरी भर्खरै जन्मिएका देखि ५ वर्ष मुनिका बालबालिकामा यस्तो समस्या देखिएको उनी बताउँछन्। ‘एकमहिनादेखि ५ वर्षसम्मका बालबालिकामा यस्तो समस्या बढी छ', उनले भने, ‘मौसमी ज्वोरो भने पनि अहिले बालबालिकाहरुको स्वास्थ्यमा बढी कठिन र जटिलता देखिन्छ।’

एकमहिनाको अवधीमा स्वास्थ्य जटिलता भएका करीव २ हजार बढी बालबालिकाहरु स्वास्थ्य चेकजाँचका लागि अस्पतालमा आएको खनालले बताए। निजी क्लिनिकहरुमा, गाउँघरका स्वास्थ्य संस्थाहरुमा पनि बिरामी बालबालिकाहरुको सँख्या उत्तिकै रहेको छ।

बालबालिकाहरुको स्वास्थ्यमा जटिलसमस्या देखिँदा पनि यसतर्फ भने ध्यान नदिएको उनले बताए। कोभिड–१९ले आम नागरिकहरु बिरामी भएजस्तै बालबालिकाहरुमा देखिएको जटिलको विषमा गम्भीर भएर अध्धयन गर्नु पर्ने बताए। लक्षणका आधारमा भाइरल ज्वोरो, ईन्फ्लुन्सा, टाइफाइड भनेर उनीहरुको उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए। 'क्लिनिकल्ली रुपमा लक्षणका आधारमा आफ्नो तरिकाले उपचार गराइरहेका छौँ', उनले भने, 'सरकारले कुन भाइरसले गर्दा यसरी बिरामी भइरहेका छन्, इन्फ्लुन्जा ए, बि वा आरएसी हो भन्ने छुट्याउनुपर्ने, प्रोकोटल बनाउनु पर्छ।' 

यसैगरी सल्यान, रुकुम, रोल्पा लगायतका पहाडी भेगबाट उपचार गराउन आउने केही बालबालिकामा स्क्रब टाइफस देखिएको उनले बताए। यो रोग घरपालुवा जनावरमा लाग्ने किराले टोकेर सर्ने र यसले कलेजो, फोक्सो लगायत शरीरका सबै अंगमा संक्रमण गर्ने भएकाले विशेष ख्याल गर्न अनुरोध गरे। यो रोगको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको उनले जानकारी दिए। मौसमी प्रतिकुलता, वातावरणीय प्रदुषण र कोरोना महामारीको प्रभावका कारणले गर्दा थूप्रै बालबालिकामा स्वासप्रश्वास, भाइरल ज्वोरो, रुघाखोकी लगायतका विभिन्न समस्याहरु देखिएको तुल्सी बालअस्पतालका वरिष्ठ बालरोग डा. किशोर खत्रीले बताए।

एकसाताको अवधीमा झण्डै एकहजार बढी बिरामी बालबालिका अस्पतालमा उपचार गराउन आएको बताए। अहिले दैनिक एकसय ५० बढी बिरामी बालबालिका उपचारका लागि अस्पतालमा आउने गरेका छन्। अस्पतालमा ८० जना बालबालिका उपचाररत छन्।

उनीहरुमध्ये ८० प्रतिशत बालबालिकामा भाइरल ज्वोरो, भाइरल निमोनिया र कोखा हान्ने जस्ता समस्या रहेको छ। यसैगरी बाँकी २० प्रतिशत बालबालिकामा भाइरल पाखाला, टाइफाइड,सामान्य ज्वोरो देखिएको उनले बताए। ‘अहिले  दैनिक १ सय ५० बढी बच्चाको उपचार गर्दै आएका छौँ', उनले भने, ‘अधिकांश बच्चाहरुमा निमोनिया, भाइरल ज्वोरो र श्वासप्रश्वासको समस्या छ।’

भाइरल ज्वरो र निमोनीयाले शरीरमा पानीको मात्रा कम गराउने र अक्सिजनको मात्र कम  हुँदा  स्वाशप्रश्वासमा समस्या देखिन सक्ने उनले बताए। कोरोना जोखिम कम हुँदै जाँदा आम नागरिकमा बढेको स्वास्थ्य लापरबाहीका काराणले पनि बालबालिकाहरु बिरामी हुने गरेको उनको तर्क छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.