तानसेन-रिडी सडक दैनिक ११ घण्टा ठप्प
गुल्मी : तानसेन-रिडी सडक मर्मतका लागि दैनिक ११ घण्टा ठप्प हुने भएको छ। तानसेन-रिडी सडकअन्तर्गत जोर्तेमा सडक चौडा पार्ने काम शुरु भएकाले सडक ठप्प हुने सुचना जारी गरिएको छ।
शनिबार विहानदेखी सडक मर्मतको काम शुरु भईरहेको प्रदिप शाईन जेभी काठमाडौंका सञ्चालक चुरा बहादुर खत्रीले जानकारी दिए। खत्रीका अनुसार विहान ४ः३० वजेदेखी ८ः३० सम्म, विहान ११ बजेदेखी दिउँसो २ बजे सम्म र सांझ ४ः३० देखी ८ः३० सम्म सडक निर्माणको काम हुने भएकाले उक्त समयमा सडक बन्द गरिएको छ ।
दशैं तिहारमा सवारी साधनको चाप बढ्ने भएकाले सकेसम्म दशैंअघि नै सडक मर्मतको काम सक्ने खत्रीले बताए। उक्त सडक हुँदै गुल्मी, अर्घाखाँची, वाग्लुङ्ग लगायतका जिल्लामा दैनिक सयौंको संख्यामा सवारी साधन ओहोदोहोर गर्छन्।