स्याङ्जामा निषेधाज्ञा हट्यो

स्याङ्जामा निषेधाज्ञा हट्यो

स्याङ्जा : स्याङ्जामा झण्डै ६ महिनादेखि जारी निशेधाज्ञा आजबाट हटेको छ। जिल्लाको जनजीवन सामान्य बन्दै गएको जनाउँदै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए। पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर घट्दै गएकाले जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा हटाउने निर्णय गरेको हो। 

प्रजिअ नेपालद्धारा जारी सूचनामा कोभिड संक्रमणको दर घट्दै गएपनि पूर्ण नियन्त्रणमा आइनसकेको जनाउँदै पेशा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ।

कोभिड नियन्त्रण तथा रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने स्थानीय तह, राजनीतिक दल, जिल्लास्थित सुरक्षा निकाय, सरकारी कार्यालय, सरकारी एवं गैरसरकारी संघसंस्था, पत्रकार, सञ्चार माध्यम, पेशागत व्यवसायी, आम नागरिक लगायत सवै सरोकारवाला प्रति प्रशासनले आभार प्रकट गरेकोे छ।

पछिल्लो समय स्याङ्जा प्रशासनले स्मार्ट लकडाउनको अन्तिम मिति असोज १० गतेसम्मका लागि तोकेको थियो। बैशाख २१ गतेदेखि पटक-पटक थप गर्दे यहाँ जिल्लाभर निषेधाज्ञा जारी थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.