असोज २१ गतेबाट देशभर सिनेमा हल खुल्ने, सुरुमा विदेशी फिल्म प्रदर्शन हुने

असोज २१ गतेबाट देशभर सिनेमा हल खुल्ने, सुरुमा विदेशी फिल्म प्रदर्शन हुने

काठमाडौं : असोज २१ गतेबाट देशभर सिनेमा हल खुल्ने भएको छ । नेपाली फिल्म प्रदर्शन मिति तोकिएको समयमा भने अर्को नेपाली फिल्म प्रदर्शन गर्न नपाइने भएको छ। 

नेपाल चलचित्र संघको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो । संघका महासचिव असोक शर्माको संयोजकत्वमा चलचित्र प्रर्दशन व्यवसायी समिति गठन गर्दै ६ बुँदे निर्णय जारी गरेको थियो । नेपाली चलचित्र क्षेत्रलाई चलायमान गराउन अत्यावश्यक भएकाले पनि यस्तो निर्णय गरिएको हो।

दुई साताको अन्तरालमा मात्र दोस्रो फिल्म रिलिज गर्न पाइने बैठकले निर्णय गरेको छ । त्यस्तै बैठकले स्वदेशी र विदेशी चलचित्रको  सेयर बाँडफाँटको हकमा पहिलो साता निर्माता तथा वितरकलाई ५५ प्रतिशत र दोस्रो साता ५० प्रतिशत सेयर रकम भुक्तानी गरिने निर्णय गरेको हो । 

बैठकले आगामी ३ महिनानाभित्र प्रदर्शन गरिने चलचित्रहरुको  प्रदर्शन मिति असोज २० गतेभित्र घोषणा हुनेपर्ने निर्णय गरेको छ । शर्माका अनुसार सुरुमा विदेशी फिल्म नै प्रर्दशन हुनेछ । त्यसपछि फुलपातीको दिन नेपाली फिल्म प्रदर्शन गरिने शर्माले जानकारी दिए । निर्मातासंघको इच्छाअनुसार नै फिल्म प्रदर्शन हुने उनले बताएका छन् ।  

केही समय मात्रै सरकारले सहुलियत नदिएसम्म नेपाली फिल्म हल सञ्चालकलाई नदिने निर्माता संघले निर्णय गरेको थियो । संघका अध्यक्ष आकाश अधिकारीले ठुलो लगानीमा निर्माण गरीएका फिल्महरु हलमा प्रर्दशन हुँदा जोखिमको जिम्मेवारीबारे अन्यौलता छाएको बताएका थिए । 

‘कोरोना जोखिम अझै कायम छ । नेपाली फिल्म दिएपछि दर्शकको संख्या न्युन होला, प्रचारप्रसारमा समस्या होला अनि यसको जोखिमको जिम्मेवारी कसले लिने? ’उनले भनेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.