भूमिसम्बन्धी आयोग विघटनको निर्णय झिकाउन आदेश
काठमाडौं : भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको इजलासले सोमबार सरकारको निर्णयको फाइल झिकाउन आदेश दिएको हो ।
यसअघि केपी ओली सरकारले साउन १९ गते भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको थियो। सर्वोच्चले आयोग विघटनसम्बन्धी निर्णयसँगै नयाँ आयोग गठन आदेश र नयाँ पदाधिकारी नियुक्ति सम्बन्धी निर्णयको फाइल मगाएको हो ।
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरी भूमि आयोग गठन गरिसकेको छ। भूमिसम्बन्धी समस्या समाधान आयोगका तत्कालिन अध्यक्ष देवीप्रसाद ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !