बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवम् प्रवक्ता ज्ञानबहादुर कार्कीले जानकारी दिए।
उनले तेजाब तथा घातक रसायन नियन्त्रणका सन्दर्भमा बनेको विधेयक, सार्वजनिक पद धारण गर्ने सपथ सम्बन्धि बनेको विधेयक, रासायनिक मल (नियन्त्रण दोस्रो संशोधन ), नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीक्षण विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए।
केपी शर्मा ओली नेतृत्वको सरकारले तेजाब नियन्त्रण, प्रहरी समायोजन र सपथ सम्बन्धी अध्यादेश ल्याएको थियो। तर शेरबहादुर देउवा सरकारले प्रतिस्थापन विधेयक नल्याउँदा अध्यादेशहरु निष्क्रिय भएका थिए।
प्रतिक्रिया दिनुहोस !