कोरोना भाइरसको जीन सिक्वेन्सिङ नेपालमै
काठमाडौं : नेपालमा जीन सिक्वेन्सिङ परीक्षण सुरु भएको छ। सरकारी प्रयोगशालाबाट जीन सिक्वेन्सिङ सुरु गरीएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
त्रि.वि. जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नयाँ नमूनाहरु गरी जम्मा ४२ वटा नमूनाहरु सिक्वेन्सिङ गरिएको छ। जसमध्ये ४१ वटा नमूनाहरु भदौ र असोजमा संकलन भएका छन्। ती सबैमा डेल्टा भेरियन्ट देखिएको छ र गत वैशाखको एउटा एस जीन नेगेटिभ भएको नमुनामा अल्फा भेरियन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्।
सूचनामा भनिएको छ, ‘सरकारी प्रयोगशालाहरुमा जीन सिक्वेन्सिङ सुरुवात भएको सहर्ष जानकारी गराउँदछौं। त्रि.वि. जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नयाँ नमूनाहरु गरी जम्मा ४२ वटा नमूनाहरु सिक्वेन्सिङ गरिएको छ। जसमध्ये ४१ वटा नमूनाहरु भाद्र र असोजमा संकलन भएका छन्। यी सबैमा डेल्टा भेरियन्ट देखिएको छ भने बैशाख २०७८ को एउटा 'एस' जीन नेगेटिभ भएको नमूनामा अल्फा भेरिएन्ट देखिएको छ।’
प्रतिक्रिया दिनुहोस !