हत्या आरोपमा वडाध्यक्ष पक्राउ

हत्या आरोपमा वडाध्यक्ष पक्राउ

जनकपुरधाम : हत्याको आरोपमा धनुषाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका ४ का स्थानीय सुमित्रा देवी यादवको कुटपिटबाट हत्या गरिएको घटनाको आरोपमा सोही वडाका वडाध्यक्ष ‘पथला’ भनिने कुशेश्वर ठाकुरलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो ।  

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको घटनामा १० जना आरोपितमध्ये वडाध्यक्षलाई पक्राउ गरिएको हो । गत वैशाख १३ गते सडक विस्तारको क्रममा सिमासाल खोजविनको क्रममा दुई पक्षबीच भएको विवादमा सुमित्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।

सो घटनामा सुमित्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रञ्जित यादव समेत गम्भीर घाइते भएका थिए । तर उपचारको क्रममा उनको मृत्यु भएपछि परिवारजनले वडाध्यक्षसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङ्गमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएको थियो ।

मुद्दाको अनुसन्धानको क्रममा मोरङ प्रहरीले उक्त मुद्दा धनुषाको ईलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६ गते पठाएको थियो । ईलाका प्रहरी कार्यालय सबैलामा मुद्दा आइसकेपछि फरार आरोपित मध्ये वडाध्यक्ष आफै हाजिर भएको ईलाका प्रहरी कार्यालय  सवैलाका प्रमुख राजेश सिग्देलले जानकारी दिए । 

प्रहरी नियन्त्रणमा रहेका कुशेश्वरविरुद्ध सात दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको सिग्देलले बताए । यता पक्राउ परेका वडाध्यक्ष ठाकुर आफू झगडामा सहभागी नरहेको तथा आफै सरकारी वकिलको सल्लाहमा प्रहरीमा हाजिर भएका प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.