चितवनमा खोप लगाउन बाँकी अझै ६० प्रतिशत

चितवनमा खोप लगाउन बाँकी अझै ६० प्रतिशत

चितवन : कोरोनाको जोखिमको सुचिमा रहेको चितवनमा ६० प्रतिशतले खोप लगाउन बाँकी रहेको छ। कूल जनसंख्याको चालिस प्रतिशतले मात्रै खोपको सेवा पाएका छन्। जिल्लामा अहिलेसम्म चालिस प्रतिशतको हारारहारीले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन्। 

करिब सात लाख जनसंख्या रहेको जिल्लामा एक लाख ८८ हजार ४९३ जनाले पूर्ण मात्राको खोप लगाएका छन्। यीमध्ये ३८ हजार ५६८ जनाले एक डोजको जोनसोन खोप लगाएका हुन्।  साढे दुई लाख जनाले  पहिलो मात्राको खोप लगाएका छन्। १८ वर्षमाथिकाले  कोरोना भाइरस विरूद्धको पहिलो मात्राको खोप लगाएका छन्।  दुई लाख ४४ हजार ९ सय २० जनाले पहिलो डोज लगाएका छन्। 

पहिलो खोप लगाएका ६५ हजारले असोज १४ गतेबाट १८ गतेसम्म दोस्रोपटकको खोप लगाइरहेका छन्। 

१८ वर्षभन्दा कम उमेर समुहमा लक्षित गरेर खोप नआएको हुँदा खोप लगाउन धेरै बाँकी नभएको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ। उमेर समूहमा विभाजन गरि खोप दिइएको थियो।  अहिले ३५ वर्षदेखिमाथि उमेर समूहलाई खोप दिइएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताए। 

कोरोनाको दोस्रो भेरियन्टको असर देखिएपछि जिल्लामा खोपको माग बढेको थियो। संक्रमणको जोखिमबाट जोगिन खोपप्रति विश्वासका कारण खोप लगाएपछि ढुक्क भएका छन्। ‘अहिले धेरैले खोप लगाइसकेका छन्। पहिला भिड हुने खोप केन्द्रमा अहिले सामान्य अवस्था देखिएको छ ’, तिवारीले भने, ‘लक्षित गरिएको समूहले पहिले नै खोप लगाइसकेका हुनाले पनि चाप कम भएको छ। ’ उनका अनुसार  संघसंस्थामार्फत पहिले नै खोप लगाइसकेको हुनाले अहिले चाप कम भएको हो। 

कार्यालयका अनुसार ३५ वर्षमाथिका एउटा पनि खोप नलगाएका मानिसहरु निकै कम छन्। जिल्लाका सात स्थानीय तहमा जारी खोप अभियानमा ३५ वर्षमाथिका उमेर समूहले खोप लगाइरहेका छन्। परीक्षा दिने विद्यार्थीले खोप लगाएपछि लक्षित समूह घट्दै गएका छन्।  ‘उमेर अनुसार वर्गीकरण गरेको आधारमा खोप उपलब्ध गराइएको छ। विस्तारै सबैमा खोप पुर्‍याउँदै छौं ’, जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले भनिन्, ‘अब खोप लगाउने संख्या कम हुँदै गइरहेको छ।’

चितवनमा गत माघबाट खोल लगाउन सुरु गरिएको हो। चितवनमा कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनका खोपहरु लगाएका छन्। सबैभन्दा बढी भेरोसेल खोप लगाइएको छ। देशभरको तुलनामा जिल्लामा खोपको पहुँच बढी भएको  स्वास्थ्य कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.