जिपले ठक्कर दिँदा पाँच छात्रा गम्भीर घाइते

जिपले ठक्कर दिँदा पाँच छात्रा गम्भीर घाइते

सल्यान : शुक्रबार दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा गम्भीर घाइते भएका छन्। सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु २ च ५७०१ नंको जिपले ठक्कर दिँदा घाइते भएका हुन्। 

घाइने हुनेमा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएको जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ। 

शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको  छ। 

जिपमा सवार चारजना भने सकुशल थिए।  जिप सडकभन्दा १० मिटर तल खसेको थियो। दुर्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फरार रहेकाले उनको  खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.