वालिङ्‍मा कृषि, पशु उद्यम परियोजना सुरु

वालिङ्‍मा कृषि, पशु उद्यम परियोजना सुरु

स्याङ्जा : ‘वालिङ् कृषि र पशु उद्यमशीलता विकास परियोजना’ सम्बन्धी प्रशिक्षण एवं अभियान सुरु भएको छ। वालिङ्का बिपन्न र निम्न आय भएका परिवारलाई आयआर्जन गर्न लगाई गरिवी निवारण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको हो। कृषि र पशुका माध्यमबाट नगरबासीका आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले उद्यमशीलता तालिम सञ्चालन गरेको नगरप्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए।

‘हामी दीर्घकालिन योजनाका खाका बनाईअघि बढ्दैछौं, हिजोकाभन्दा भोली केही फरक सकारात्मक परिवर्तन देखिनेमा प्रतिवद्ध छौं।,’ उनले भने, ‘कृषि र पशु क्षेत्रमा क्रियाशित हेफरको बिज्ञताले वालिङका कृषकहरुलाई अवश्य सहयोग पुग्नेछैं।’

तालिममा हेफर कार्यक्रम प्रवन्धक अनन्त सिलवाल, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, वडाअध्यक्ष केदार काफ्ले लगायतले परियोजनाको योजना, सोच तथा आगामी दिनमा गरिने क्रियाकलापका बारेमा जानकारी गराए।

नगरका १४ वडा मध्ये पहिलो चरणमा ७ वडामा निम्न आय घर परिवार पहिचान गरि तत्काल काम आगाडी बढाउने प्रवन्धक सिलवालले जनाए। महिला सहकारीको समन्वयमा कार्यक्रम हुने र परियोजनाको उत्कृष्टता हेरेर थप ४ वर्ष समययाबधी थप गरिनेछ।

आगामी २०८० असारसम्म वालिङ्मा सञ्चालन हुनेछ। परियोजनाले कृषि तथा पशु उद्यमअन्तर्गत महिला समुहमा काम गर्ने साथै कृषि उत्पादन र बजारीकरण, युवामा ऋण प्रवाह तथा फरक क्षमता भएका व्यक्तिहरुको आयआर्जनमा सघाउने खालका कार्यक्रम सञ्चालन गर्ने जनाईएको छ।

परियोजना सञ्चालनका लागि समिति गठन भएको छ। समितिमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा जनप्रतिनिधि, बिषयगत शाखा एवं साझेदार सस्थाका प्रतिनिधि रहनेछन्। आगामी वर्षको लागि २ करोड २५ लाख रुपैंयाको कार्ययोजना छ। सुलभ कर्जा प्रवाह गरिने र जुन रकम पछिसम्म ९ करोड भन्दा बढी रहने बताईएको छ। परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि काम गर्ने छ। 

हेफरले परियोजनामा वालिङ नगरपालिकाको ७५ प्रतिशत र हेफरको २५ प्रतिशत साझेदारी रहनेछ। हेफरले दियालोसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो। बिगतदेखि कृषि र पशु ब्यवसायमा संलग्न किसान र महिलाहरु उद्यमशिलतासंग जोड्दै आयआर्जन बढाउन सुलभ कर्जा पाउने भएपछि खुशी देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.