पोल भाडा नतिरेपछि इन्टरनेटको तार काटियो

पोल भाडा नतिरेपछि इन्टरनेटको तार काटियो

चितवन : विद्युत प्रशारण गर्ने पोल प्रयोग गरेवापतको भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले ईन्टरनेट सेवा प्रदायक कम्पनीको तार काटेको छ। प्राधिकरणको पोल प्रयोग गरेर भाडा नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काटिएको छ। बिजुलीको पोलमा तार टागेर भाडा नतिरेको भन्दै प्राधिकरणको भरतपुर वितरण केन्द्रले शनिबारबाट लाइन काट्न सुरु गरेको हो। 

इन्टरनेट कम्पनीले भाडा सम्झौता समेत नगरेको प्राधिकरणले जनाएको छ। आज (शनिबार)देखि तार काट्न सुरु गरेको हो। अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ।

अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो।  असोज १५ गतेसम्मका लागि सम्झौता गरेर भाडा तिर्न अल्टिमेटम दिएको थियो। तर इन्टरनेट कम्पनीले अटेर गरेपछि लाइन काटिएको  प्राधिकरणका इञ्जिनियर राजेन्द्र पौडेलले बताए।  ‘हाम्रो संरचना प्रयोग गरेर उनीहरुले ब्यवसाय गर्ने तोकिएको भाडा नतिर्ने अहिलेको समस्या त्यही हो ’, पौडेलले भने, ‘ हामीले काटेको होइन पैसा लिएपछि आफैँले पोल गाडेर हुन्छ कि भाडा तिरेर हुन्छ त्यो त कम्पनीको जिम्मेवारी हो। हामीले त हाम्रो भाडा मागेको हो। ’ 

विभिन्न कम्पनीले गरेर चितवनमा पोल भाडा वापत झण्डै दुई करोड उठान बाँकी छ। भरतपुर १० को प्राधीरकण वरिपरि काटियो र वडा नम्बर  ११ स्थित बसेनीमा रहेको सव स्टेसन वरिपरि लाइन काटिएको हो। तार काट्न वितरण केन्द्रका प्रमुख इन्जिनियर राजिव सिंह समेत तार काट्न पुगेका थिए। टेलिकम र एनसेलले पोल भाडा दिइसकेको हुनाले तीनको तारहरु नकाटिएको उनले  बताए। ‘अहिले सांकेतिक रुपमा काटिएको हो। यसलाई अटेर गरे अझै कडा रुपमा प्रस्तुत हुन्छौं’, सिंहले भने, ‘हामीले सामान जफत पनि गरेका छौं। पैसा नतिरेसम्म फिर्ता हुँदैन। ’
 
जिल्लामा सुविसु, भायनेट, क्लासिक टेक लगायतका ठूला इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध भएका छन्। प्राधिकरणले २०७५ असारदेखि प्राधिकरणले पोल भाडा बढाएको छ।  भाडा महङ्गो बनाएको इन्टरनेट कम्पनीले आरोप लगाएको छ। लाइन काटिएपछि इन्टरनेट सेवा प्रदायिक कम्पनीहरु आन्दोलित भएका छन्। शनिबार उनीहरुले प्राधिकरणको भरतपुर वितरण केन्द्र अघि नाराबाजी गरेका थिए। राष्ट्रिय इन्टरनेट सेवा प्रदायक कम्पनीका संयोजक दिपक अधिकारीले चार सय प्रतिशत पोल भाडा बढाएको भन्दै यसलाई समायोजन गर्न उर्जा मन्त्रालयमा कुरा राख्दा पनि पेलेर तार काटिएको आरोप लगाए। ‘४३ प्रतिशत कर तिरेर सेवा दिन पर्छ। यसमा पनि पोलको ज्यादती गरेर भाडा बढाएपछि जबरजस्ती तिर नतिरे तार काट्ने काम त न्यायोचित भएन ’, उनले भने, ‘उपभोक्तासँग बढाउ नपाउने यता भाडा बढाउने गर्दा कसरी सेवा दिने भन्ने समस्या देखियो।’ 

२०७५ देखि भाडा बढाएर प्रति किलोमिटर पाँच हजार कायाम गरिएको थियो। अहिले फेरि बढाएर नौ हजार पुर्‍याइएको छ। चितवनमा हाल ८ वटा कम्पनीले मात्रै पोलको भाड तिरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.