२०७ जना पाकेटमार प्रक्राउ

२०७ जना पाकेटमार प्रक्राउ

काठमाडौं : काठमाडौंका विभिन्न क्षेत्रबाट २०७ जना पाकेटमार प्रक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरद्वारा गत भदौ २५ देखि असोज १५ गतेसम्म पविशेष अभियान संचालन गरी उनीहरुलाई प्रक्राउ गरेको हो। उनीहरुलाई सवारी साधनमा पाकेटमार गर्दै गरेको अवस्थामा तथा भिडभाडमा चोरी गर्दै गरेको अवस्थामा प्रहरीले प्रक्राउ गरेको हो। 

परिसरका एसएसपी अशोक सिंहले दिएको जानकारी अनुसार विशेष गरी चाडपर्वको अवसरमा चोरी तथा पाकेटमारीका घटना बढ्ने भएकाले नियन्त्रण गर्नका लागि चाडपर्व लक्षित कार्यक्रम सञ्चालन गरेको थियो। काठमाडौंको रिङरोडबाहिर र भित्री इलाकामा चल्ने सार्वजनिक यातायात सपिङ्ग महल, मुख्य मुख्य मार्केटमा पाकेटमारी हुने गरेका थियो। यातायात व्यवसायीसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीलाई  सार्वजानिक सवारी साधनमा यात्रा गराइ उनीहरुलाई पक्राउ गरिएको हो।  साथै बजारमा परिचालन गरी यात्रु तथा किनमेल गर्न गएकाको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोर्दा चोर्दे रङ्गे हात २०७ जना पक्राउ गरेको हो। 

प्रहरीका अनुसार दुई सय साता जना मध्ये १६१ जना अनुसन्धान भइरहेको, ४६ जना अनुसन्धान पूरा भइ सरकारी वकिल कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय,काठमाडौंमा बुझाउँदा कारागार चलान भएको परिसरले जानकारी दिएको छ। 

प्रहरीका अनुसार सार्वजानिक बसमा २/२ जनाको दरले ६ जनासम्मको समूह बनाई बसभित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाइ अगाडि पछाडिबाट घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाइ मौका छोपी मोबाइल, नगद र सुनचाँदी पकेटमारी गरी पालो पालो ओर्लने देखिएको छ। 

पकेटमार सांकेतिक भाषा प्रयोग गर्ने गरेका छन्।  उनीहरुले पैसालाई द, मोबाइललाई कान, पकेटमारी पिडितलाई रामे, पकेटमारी गर्ने (मास्टर)लाई काशी, पैसा धेरै छ भन्न टानको द  पैसा थोरै छ भन्न जुटको द , गाडीलाई कांचा, केटालाई छापा, केटीलाई भद्री, पुलिस आयो भन्न ठूल्दाइ आयो, ड्राइभरलाई माम,  खलासीलाई मले,  गाडीबाट झरेर भाग भन्न टप्की, गाडीभित्र अगाडी सर भन्न अकल जा तथा गाडीभित्र पछाडि सर भन्न चिछल जा लगायातका कोड भाषा प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.