नेपाल र चीनबीच सीमा विवाद छैनः यान्छी
काठमाडौंः नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच सीमा विवाद नरहेको बताएकी छन् । मंगलबार ट्विट गर्दै राजदूत यान्छीले दुई देशबीचमा कुनै पनि सीमा विवाद नरहेको बताएकी छन्।
उनले भनिन्,‘आजभन्दा ६० वर्षअघि मित्र राष्ट्रको रुपमा चीन र नेपालले सीमा सन्धीमा हस्ताक्षर गरेको थियो । त्यसयता हामीबीच कुनैपनि सीमा विवाद छैन । हामीबीच मित्रवत् सम्बन्ध र एकआपस बीच लाभदायक सहयोग कायम छ ।’