नेपाल-भारत पूर्वी नाकाबाट औषधी तस्करी

नेपाल-भारत पूर्वी नाकाबाट औषधी तस्करी

इलाम : इलामको नेपाल-भारत सिमा नाकाबाट औषधीको पनि ठूलो मात्रामा तस्करी हुने गरेको खुलेको छ। भारतीय रक्सी, रासायनिक मल, घातक विषादीदेखि मानव तस्करीको मार्गका रुपमा रहेको सिमा नाकाबाट औषधीको पनि ठूलो मात्रामा तस्करी हुन थालेको पाइको हो।

पशुपतिनगरको मुल नाका छलेर नेपाल प्रवेश गराउने गरिएका सामग्रीबाट तस्करहरु मोटाउने तर राज्यले स्रोत गुमाउने काम भइरहेको उद्योग वाणिज्य संघ सूर्योदय नगरपालिकाका अध्यष प्रमोद राई बताउँछन्। 

पछिल्लो पटक सूर्योदय नगरपालिका–३, कट्टेबुङबाट सोमबार मध्यराति ४० लाख रुपैयाँभन्दा बढीको औषधि बरामद गर्‍यो। सामान फेला परेपनि तस्कर फेला परेन। एक घर भारतीय कम्पनीका औषधि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद औषधी मंगलबार पशुपतिनगर भन्सारमा बुझाइएको छ। 

बरामद भएका औषधी औषधी व्यवस्था विभागमा दर्ता नभएको नेपाल औषधी व्यवसायी संघ इलामका उपाध्यक्ष राजु बरालले बताए। उनका अनुसार विभागमा दर्ता नभएका औषधी नेपालमा विक्री गर्न पाइँदैन। उनले भने ‘तस्करीको घटनाले हामीलाई पनि चिन्तित बनाएको छ, हामी खोजी गरिरहेका छौँ।’

प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलका प्रमुख डाक्टर सरोज दर्नालका अनुसार बरामद गरिएका औषधी दुखाइ कम गर्ने, यौन उत्तेजना बढाउने, रुघाखोकी, भिटामिन, एन्टीवायोटिक्स, ग्यास्ट्रिक छाला रोगमा प्रयोग हुने प्रकारका छन्। उनले भने ‘बरामद गरिएकामध्ये ट्रामाडोल नामको औषधी लागु औषधीका रुपमा पनि प्रयोग हुने गर्दछ।’

प्रहरीले दुखाइ कम गर्नेदेखि लागु औषधका रुपमासमेत प्रयोग हुने ट्रामाडोल, लिभरको लागि प्रयोग हुने पुरुष जीवन, खोकीमा प्रयोगहुने गल्फोर्ड सिरप, मुटु सम्बन्धी र यौन पावर बढाउन प्रयोग हुने ट्राडलाफिल, छाला रोगको उपचारमा प्रयोग हुने एलसोन एच टि, एजिन्टास ५०० नामको एन्टीवायोटीक्स, मेगामेन्टीन नामको एन्टीवायोटिक्स, डर्मिकिम ओ सी छालाको औषधी, मोन्टास एल उलजीको लागि , लवाडीक्स रिलिफ रुघाखोकी, पेन्टाप्रराजोल र डम्पेरीडम ग्यास्टीकको लागि, नरोफोक्सासिन एण्ड ट्रेनीडाजोल शरिर भित्रको किरा मार्ने एन्टीवायोटिक्स लगायतका औषधी बरामद गरेको हो। 

कतिपय फार्मेसी र नीजि अस्पतालहरुमा अवैध रुपमा प्रयोगहुने गरेका यी औषधीहरु यस अघि पनि बरामद हुँदै आएको छ। एक जना औषधी कम्पनीका प्रतिनिधिका अनुसार प्रहरलिे फेला पारेको यो तस्करीको सानू अंश मात्रै हो। उनले भने ‘बजारमा ३० प्रतिशत औषधी अवैध रुपमा आएका छन्।’

भारुको चलखेल 
औषधी बरामद गर्नु अघि प्रहरीले ११ लाख भारतीय नगदसहित फिक्कलका व्यवसायीलाई मेची राजमार्गको हर्कटेबाट पक्राउ गर्‍यो। पशुपतिनगर नाका नजिकै रहेको फिक्कल बजारको व्यवसायीबाट प्रहरीले भारु नोट बरामद गरेको प्रहरलिे जनाएको छ। 

फिक्कलबाट झापातर्फ जाँदै गरेका सूर्याेदय नगरपालिका १० फिक्कलका ३५ वर्षे अनुप अग्रवाललाई भारतीय रुपयाँसहित पक्राउ गरेको थियो। 
प्रहरीका अनुसार ५ सय दरका २ हजार १ सय ३३, २ हजार दरका १४, २ सय दरका २७ र सय रुपैयाँ दरको एउटा नोट उनीहरूबाट बरामद गरिएको छ। पक्राउ व्यक्ति र बरामद नगद इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.