पार्टीभित्र प्रतिशोध गर्नु हुँदैन : गच्छदार

पार्टीभित्र प्रतिशोध गर्नु हुँदैन : गच्छदार

विराटनगर : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसलाई बलियो बनाउन प्रतिशोधको भावना त्याग गर्नु पर्ने बताए। लोकतान्त्रिक पार्टीभित्र अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै गएकोले एकलेले अर्कोलाई समाप्त पार्ने प्रतिशोधको भावना त्याग गर्नु पर्ने उनले बताए। 

विराटनगर विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘बलियो बनाउन प्रतिशोधको भावना त्याग्नु पर्ने छ।' पार्टीलाई बलियो बनाउन भावनात्मक रुपमा एक हुनु पर्ने उनले सुनाए। 

वर्तमान अवस्थामा पार्टीभित्र धेरै नै गुट र उपगुट रहेको बताउँदै उनले पार्टीभित्र सैद्धान्तिक विचारका अधारमा एकताको आवश्यकता रहेको बताए। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सैद्धान्तिक रुपमा स्वस्थ्य प्रतिस्प्रर्धा गर्नुतर्फ सबैलाई लाग्नु पर्ने उनले बताए। आफू कुनै गुटमा नरहेको बताउँदै उनले भने, ‘पार्टीको झण्डाभित्र सबै शीर्ष नेताबिच भावनात्मक एकता गराउने योजना रहेको छ।' आफू कांग्रेसको आउँदो १४ औं महाधिवेशनमा पार्टीको सभापतिको आकांक्षी नरहेको प्रष्ट पारे। 

महाविधेशलाई सफल बनाउन सक्रिय रुपमा लागेको बताउँदै उनले भने, 'म अहिले उपसभापति हुँ, पक्कै नि तलको पदमा उम्मेदवारी दिंदैनौं।' सात दिने कार्यक्रम बनाएर विराटनगर आएर गृह जिल्लाबाट महाधिवेशनको तयारीमा लागेको उनले बताए। समय आएपछि आफूले उम्मेदवारी घोषणा गर्ने उनले जानकारी दिए। 

आफू गुट वा उप गुटबाट उम्मेदवार नबन्ने उनले बताए। उनले निर्धारित समयभन्दा केही समय महाधिवेशन सर्ने बताए। अहिले कतिपय जिल्लाको वडा स्तरमा समेत अधिवेश हुन नसकेकाले विधान अनुसार सबै तहको अधिवेशन सम्पन्न गरेर निर्धारित समयमा नै महाधिवेश हुन नसक्ने उनले विचार राखे। उनले भने' ‘निर्धारित समयमा अधिवेशन हुने जस्तो म देख्दिनँ।' 

अहिले पनि जिल्ला र पालिका सहित प्रदेशको अधिवेशन हुन नसकेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.