माओवादीले टुंगो लगायो मन्त्री र राज्यमन्त्री
काठमाडौं : नेकपा माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाएको छ। पार्टीको स्थायी समितिको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो।
माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ।
माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन्। मन्त्री छनौट भएका गहतराजले दलहरु बीचको सहमति अनुसार मन्त्रालयको टुंगो लगाइने बताए। अन्य पार्टीले अझै मन्त्री छनौट गरेका छैनन्।