११ संस्थाले पाए पुनर्कर्जा

११ संस्थाले पाए पुनर्कर्जा

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूले गत भदौ महिनामा ११ वटा कम्पनीलाई सहुलियत (कम) ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार क्षेत्रगत रूपमा जलविद्युत् कम्पनी,  होटल तथा पर्यटन व्यवसाय र शैक्षिकसँग सम्बन्धित संस्थाहरूलाई १ अर्ब ४४ करोड ४९ लाख रुपैयाँ बराबरको  पुनर्कर्जा स्विकृत गरेका हुन्। 

यसबाहेक राष्ट्र बैंकले ८५ करोड ४७ लाख रुपैयाँ बराबरको विशेष पुनर्कर्जा स्विकृत गरेको बताएको छ। यसअघिको साउन मसान्तसम्ममा बैंकहरूबाट यस्तो कर्जाबापत १ खर्ब १८ अर्ब ४९ करोड लगानीमा रहेको थियो। उक्त पुनर्कर्जा दिनेमा ५ वटा बैंक रहेका छन्। सिद्धार्थ बैंकले ५, प्रभु बैंकले २, राष्ट्रिय वाणिज्य बैंकले २ ओटा र मेगा बैंकले एउटा संस्थालाई पुनर्कर्जा सुविधा दिएका छन्। 

यसैक्रममा राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं. २ स्थित भद्रकाली इङ्लिस बोर्डिङ स्कुल जनकपुर प्रालिलाई ४४ लाख र गण्डकीको  विकास हाइड्रोपावर कम्पनी प्रालिलाई २० करोड रुपैयाँबराबरको पुनर्कर्जा स्विकृत गरेको छ। यस्तै ग्लोबल आईएमई बैंकले बागमती प्रदेशको माउन्टेन बुद्ध होलिडेज प्रालिलाई ७५ लाख रुपैयाँबराबरको स्विकृत गरेको छ। यस्तै, कुमारी बैंकले गण्डकी प्रदेशको होटल बाराही प्रालिलाई २० करोड रुपैयाँको फेरि ऋण लिन स्विकृत गरिदिएको छ। मेगा बेंकले लुम्बिनी प्रदेशको बोधी रेडसन होटल प्रालिलाई  २० करोडबराबरको स्विकृत गरेको छ। यस पटक सबैभन्दा बढी सिद्धार्थ बैंकले पुनर्कर्जा स्विकृत गरेको छ। यो बैंकले ४ ओटा संस्थालाई सुविधा दिएको छ। यसअन्तर्गत गण्डकीको होटल पोखरा भिलेज प्रालिलाई ९ करोड ८६ लाख रुपैयाँ, सेभेन लेक्स रिसोर्ट प्रालिलाई ५ करोड ९४ लाख, होटल सारा प्रालिलाई २० करोड र बागमतीको डाइमोन्ड हिल रिसोर्ट प्रालिलाई ७ करोड ५ लाख रुपैयाँबराबरको कर्जा स्विकृत गरेको छ। यसबाहेक प्रभु बैंकले  बागमती प्रदेशस्थित सुरी खोला हाइड्रोपावर लि. र सीता एयर प्रालिलाई २०/२० करोड रुपैयाँबराबरको कर्जा स्विकृत गरेको छ।

भदौमा ११ ऋणी थपिएसँगै यो सुविधा लिने ४८ हजार ९ सय १ पुगेका छन्।  ऋणीले विशेष पुनर्कर्जामा ३ प्रतिशत र साधारण पुनर्कर्जामा ५ प्रतिशत मात्रै ब्याज तिरेर फेरि कर्जा पाउँछन्। राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ मा कोरोना महामारी तथा लकडाउनबाट प्रभावितलाई लक्षित गर्दै राहतस्वरूप अधिकतम २ खर्ब १२ अर्ब ८८ करोडसम्म पुनर्कर्जा दिन सिलिङ तोकेको थियो। सिलिङअनुसार दिनै पर्छ भन्ने नरहेको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.