‘पोष्ट कोभिड’ जोखिम, उपचार संयन्त्र खै ?

‘पोष्ट कोभिड’ जोखिम, उपचार संयन्त्र खै ?

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार देशभर हालसम्म कुल कोरोना संक्रमितमध्ये ७ लाख ७३ हजार १ सय ४० जना डिस्चार्ज भएका छन् । चिकित्सकका अनुसार डिस्चार्ज भएको एकदेखि दुई महिनाको बीचमा संक्रमणमुक्त भएका केहि व्यक्ति उपचारका लागि पुन:अस्पताल पुग्छन् । तर, ती संक्रमणमुक्त भएकाहरुमा फेरि समस्या देखिएपछि स्वास्थ्य संस्था पुग्दा पर्याप्त संरचना र परामर्श केन्द्रको व्यवस्था नहुँदा मर्कामा परेका छन् ।

किर्तिपुर नयाँ बजार बस्दै आएका ३८ वर्षीय विशाल श्रेष्ठलाई गत बैशाख पहिलो साता कोरोना संक्रमण भयो । संक्रमण भएपछि उनी टेकु अस्पताल पुगे र, उपचारपछि घर फर्किए । त्यसको दुई महिनापछि अर्थात् असारमा अलि गाह्रो भयो । श्रेष्ठले भने, ‘हिँड्दा थकाइ महसुस भयो। अरु त खासै समस्या छैन। ’

दाङ तुलसीपुरका रमेश पोख्रेलले कोरोना संक्रमणपछि श्वासप्रश्वासमा अफ्ठेरो महशुस हुने गरेको बताए। अस्पताल जाँदा चिकित्सकले खासै समस्या नभएको बताएपनि केहि काम गर्दा श्वास फेर्न गाह्रो हुने बताए

सुकेधाराकी सीता खड्का गत जेठको पहिलो हस्ता कोरोना संक्रमित भइन्। उनलाई दुई हप्ता आइसीयूमा राखेर उपचार गरियो। लगभग १ महिनाको अस्पताल बसाइपछि डिस्चार्ज गरियो । तर संक्रमणमुक्त भएको ५ महिना पुगिसक्दा पनि उनले आराम महशुस गर्न सकेकी छैनन्। उनमा श्वासप्रश्वास र शरीर काप्‍ने समस्या देखिएको छ। उनले भनिन्, ' जति खाना खाँदा पनि शरीरमा शक्ति आउँदैन। घरको भर्‍याङ चढ्न पनि सक्दैन। जिउँदै मरेसरी भएकी छु।'

पछिल्ला दिनमा यस्तै स्वास्थ्य समस्या लिएर अस्पताल जानेहरुको संख्या बढ्दो छ। तर, तिनीहरुको उपचार व्यवस्थापनमा सरकारले संयन्त्रको विकास गर्न सकेको छैन। चिकित्सकका अनुसार कुनै व्यक्ति कोरोना संक्रमणमुक्त भइ स्वास्थ्यमा पुन: कोरोनाकै लक्षण देखिनु पोष्ट कोभिड हो। नेपालमा संक्रमण मुक्त भएसँगै पोष्ट कोभिडको समस्या देखिएका  बिरामीको संख्या ओकालो लागेको विज्ञहरुले बताएका छन्।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले यस्ता बिरामीका लागि पोष्ट कोभिड केयर आवश्यक रहेको बताए। उनले भने, ‘दोस्रो लहरपछि पनि पोष्ट कोभिडका समस्या भएका व्यक्तिहरु उपचारका लागि अस्पताल आउँछन् । डिस्चार्ज भएका संक्रमितहरुलाई परामर्श दिनुपर्छ । नेपालमा केहि अस्पतालले सुरु गरेको कुरा आए पनि पर्याप्त छैन । पोष्ट कोभिड केयर सेन्टर आवश्यक छ। ’

चिकित्सकका अनुसार अति थकित हुनु, आत्मवल कम हुनु, मुटुको अनियमितता, तीव्र धड्कन, सुन्न नसक्ने, कपाल झर्ने, शरीर थाक्ने, खोकि लागिरहने पोष्ट कोभिडका लक्षणहरु हुन् ।

अधिकांश अस्पतालमा पोष्ट कोभिडको उपचारमा आएकाहरुका लागि छुट्टै उपचार प्रणालीको व्यवस्था छैन । जसकारण ती बिरामीहरु उपचार कसरी लिने भन्ने कुरामा अन्यौल छन् । सरकारले टेलिमेडिसिन सेवाको विस्तार गरेको बताएपनि प्रभावकारी बन्न सकेको छैन।

कोरोनाका कारण शरीरका विभिन्न अंग (फोक्सो,मुटु, छाला,मिर्गौला, आँखा, दिमाग) मा असर पार्न सक्ने चिकित्सकहरु बताउँछन् । पोष्ट कोभिडबाहेक कोरोनासंक्रमणमुक्त भएका बालबालिकालाई ब्ल्याक फङगस समेत देखिएको छ ।

नेपालमा केहि दिनयता कोरोना संक्रमण घटेको छ। हाल देशभर सकृय संक्रमितको संख्या १५ हजार ९४२ रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार संक्रमितको संख्या केहि दिनयता घट्दो क्रममा छ। संक्रमितको संख्या घटेसँगै मृत्युदर पनि घटेको छ। बिहीबार कोरोनाबाट ८ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १२ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.