तस्बिरमा मटिहानीको दूर्गा पूजा
काठमाडौं : घटस्थापनासँगै साँस्कृतिक नगरी महोत्तरीको मटिहानीमा दूर्गा पूजाको उल्लास छ। आदर्श दूर्गा पूजा समिति मटिहानीले प्रत्येक वर्ष धुमधामका साथ बडादसैंको शुभ अवसरमा दूर्गा माताको पूजा आयोजन गर्छ।
देशमा शान्ति एवं मानव कल्याणको कामना गर्दै कलश यात्राको आयोजना गरिएको मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले बताए।
घरघरका कुमारी केटीहरु कलश यात्रामा सहभागी हुन्छन्। नदीबाट माटोको घैंटोमा जल ल्याइ दूर्गा मन्दिरमा राखिन्छन्। त्यसपछि विधिपूर्वक जमरा राखिन्छ। कलश यात्रामा हजारौं स्थानीयको उपस्थिति रहेको हु्न्छ।
बाजागाजाको धुनले माहौललाई उल्लासमय बनाउँछ। झाँकी प्रदर्शन गरिन्छ। कलश यात्रामा प्रदेश सभा सदस्य अभिराम शर्मा, रानी शर्मा लगायत सहभागी थिए।