प्रधानन्यायाधीशको बचाउ गर्दै प्रचण्डले भने, ‘हमाल कांग्रेसबाट नियुक्त भएका हुन्’

प्रधानन्यायाधीशको बचाउ गर्दै प्रचण्डले भने, ‘हमाल कांग्रेसबाट नियुक्त भएका हुन्’

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगमन्त्री गजेन्द्र हमालको नियुक्ति प्रधानन्यायाधीशसँग नजोडिएको बताएका छन्। मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नाम मुछिएको विषयलाई प्रचण्डले हमाल कांग्रेसको कोटामा मन्त्री भएको स्पष्ट पारेका हुन्। 

उनले प्रधानन्यायाधीश र उद्योगमन्त्रीको बचाउ गर्दै अनावश्यक रुपमा होहल्ला गरिएको टिप्पणी गरेका छन्। भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डलेले कांग्रेसको अध्यक्ष भइसकेको मान्छेलाई अनावश्यक रुपमा उचालिएको दाबी गरे। ‘नेपाली कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो, कांग्रेसकै कोटाबाट मन्त्री हुनुभएको छ। यो हो-हल्ला गर्नु कुनै आवश्यक नै छैन ’ उनले भने ‘जब नेपाली कांग्रेसले नै आफैँ मान्छे हो भनेर आफ्नै कोटाको मन्त्रीको रुपमा ल्याइसकेपछि त्यसलाई त्यसलाई यता हो र त्यता हो भनेर अनावश्यक अरु चर्चा गर्नुको केही तुक छैन। ’ 

उनले न्यायालयको सेटिङ भन्ने कुरा निराधार भएको बताए। संवैधानिक व्यवस्थाअनुसार गैह्र सांसद पनि मन्त्री भएको ६ महिनाभित्र सांसद हुने व्यवस्था भएको बताए।

प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद अवरुद्ध गर्ने नैतिक र राजनैतिक कुनै अधिकार नभएको समेत बताए। केपी ओलीले संसद् विघटन गरेको विषयलाई जायज भएको देखाउन अवरुद्ध गरेको आरोप लगाएका छन्। संसद विघटन गर्ने दललाई अवरुद्ध गर्ने अधिकार नभएको बताएका छन्। 

प्रचण्डले ऐन नियम विपरित एमालेले संसद अवरुद्ध गरेको बताए। ‘विरोध नै छ भने पटक पटक संसद विघटन गर्नेले बरु संसद छोडेरै जनतामा गए भोनि त। हामीलाई छोडिदिए भयो नि संसद चलाउन ’ प्रचण्डले भने ‘ त्यो अवरोध भनेको त्यहाँ न कुनै तर्क, न कुनै तथ्य, न कुनै नियम कानन अनुकल छ। उहाँहरुले खाली देखाउनका लागी हामीलाई छोडेर गए भयो नि।’

गठबन्धनलाई बलियो बनाएर चुनावी तालमेल गर्ने बताए। सत्ता गठबन्धनको सहकार्य आगामी निर्वाचनमा पनि हुने बताए। ‘जुन परिस्थितीमा गठबन्धन गरेर यहाँसम्म ल्याउन जे भूमिका खेलेका छौँ, गठबन्धन भएरै जान्छ ’ उनले भने, ‘चितवन जस्तो ठाउँमा हामी अझ बढी समझदारीका साथ जान्छौँ।’ 

पूर्ण आकारमा मन्त्रिपरिषद् विस्तारपछि अब सरकारले कोभिडविरुद्धको लडाई शसक्त पार्ने बताए। पहिलो प्राथमिकता नागरिकको स्वास्थ्यको सुरक्षामा  खोपको उपलब्धता सबैलाई गराउने बताए। बादलले प्रचण्डसँग चुनाव लड्छु भन्ने प्रतिक्रियालाई तल्लो स्तरको विषय भन्दै आफूले टिप्पणी गर्न नचाहने बताए। राष्ट्रिय सहमति विना एमसीसी पारित नहुने बताउँदै उनले परिमार्जन र संसोधन गरेर पास हुने स्पष्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.