१४७ औं विश्व हुलाक दिवस मनाइयो

१४७ औं विश्व हुलाक दिवस मनाइयो

स्याङ्जा : प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले सूचना र प्रविधिले धेरै फड्को मारिसक्दा पनि नागरिकका हुलाकप्रतिको विश्वास अझै कायम रहेको बताएका छन्। सरकारी कामकाजका लागि अझै पनि सक्कली डकुमेन्ट राख्नका लागि हुलाकी सेवा नै आवश्यक रहेकोमा उनले जोड दिए। 

‘पुनरुत्थानका लागि नवप्रवर्द्धक’ भन्ने नाराका साथ १४७ औं विश्व हुलाक दिवसको अवसरमा शनिबार आयाेजित कार्यक्रममा बोल्दै प्रजिअ नेपालले अहिले पनि नेपालका सबै सरकारी कार्यालयले अनलाईन सेवाको पूर्ण उपयोग गरी नसकेको अवस्था भएको बताए। सरकारले हुलाकलाई थप जिम्मेवारीसहित अघि बढाएको बताउँदै उनले अब हुलाक कार्यालयमार्फत राहदानी वितरणका गर्ने जनाए। उनले भने, ‘सर्भिस सेन्टर’ का रुपमा कार्यालयलाई लिनुपर्छ।' 

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, खरिदारद्धय आसमाया गुरुङ् र रोहीणीराज पौडेल लगायतले सूचना प्रविधि र सञ्चार माध्यमको समेत नियमनकारी निकाय हुलाकले पछिल्लो समय थप जिम्मेवारी सहित अघि बढेकोमा खुशी व्यक्त गरे। 

यसअघि जिल्लाका सञ्चार माध्यमलाई केन्द्र तथा प्रदेशमा धाउनुपर्ने वाध्यतालाई छा्ेट्याउदै जिल्ला हुलाकमार्फत लोककल्याणकारी विज्ञापनका भुक्तानी लगायत अनुगमन तथा नियमनगर्ने गरी भएको निर्णयलाई स्वागत गरे। 

जिल्ला हुलाक कार्यालयका प्रमुख कृष्णराज तिमिल्सिनाले लकडाउनका समयमा पनि कार्यालयले सेवा प्रवाह गरिरहेको बताए। पुराना सेवासँगै हुलाक कार्यालयलाई दिइएको जिम्मेवारी पुरा गर्न आफू र आफू मातहतका कर्मचारीले तयार रहेको पनि उनले भने। सोही कार्यक्रमममा जिल्लाको सूचना तथा सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दे कार्यालयले निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मालाई सम्मान गरेको छ। 

यसैगरी, कार्यालयमा कार्यरत ५ जना कर्मचारीलाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेमा क्याक्मी इलाका हुलाकका खरिदार ज्ञानराज बस्ताकोटी, जिल्ला हुलाक कार्यालयका खरिदार आसमाया गुरुङ, भुम्रे इलाकाका हल्कारा ओमप्रसाद शर्मा, हुलाकी छवीलाल चापागाई, किचनासा इलााकाका डाकबाहक मधु मानन्धर हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.