मन्त्रीहरुलाई नेपालको निर्देशन: राजनीतिक नियुक्ति गर्दा जथाभावी नगर्नू

मन्त्रीहरुलाई नेपालको निर्देशन: राजनीतिक नियुक्ति गर्दा जथाभावी नगर्नू

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीलाई कडा निर्देशन दिएका छन् । उनले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई १० वटा निर्देशन दिएका छन् । इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम गर्नुका साथै देश, जनता र संस्थाप्रति प्रतिबद्ध हुन निर्देशन दिएका हुन्।

उनले राजनीतिक नियुक्ति गर्दा जथाभावी नगर्न पनि मन्त्रीहरुलाई निर्देशन दिएका छन् । उनले पार्टीको समन्वयमा सल्लाहकार, पिए नियुक्त गर्न सुझाए । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालको भनाइप्रति उद्धृत गर्दै भने, ‘ नियुक्तिमा जथाभावी नगर्ने,मन्त्रिपरिषदमा जाँदा एकमत भएर जाने, अनुशासनमा रहेर काम गर्न ,देश र जनताप्रति उत्तरादायी हुन निर्देशन दिनु भएको छ।’

नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराएका छन्। नेपालले कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा जिम्मेवारी दिन आग्रह गरे । ‘आफू खुसी होइन,योग्यता क्षमता, र कार्यसम्पादनमा उत्कृष्टताको आधारमा व्यक्ति छनौट गर्नु होला,' उनले भने ।

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम नगर्न सुझाए । नेपालले भने, ‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ ।’ यस्तै नेता नेपालले असल आचरण कायम गर्न समेत निर्देशन दिएका छन्।  
 
'मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुकाबेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस्,पहिला चार पेग अहिले १० पेग को खान नथाल्नु होला। सिधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु,'उनले भने ।

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडि नै सामूहिकरूपमा बसेर, छलफल गरेर मात्र गर्न उनले आग्रह गरे ।  विज्ञहरुसँग परामर्श गरेर कार्यसम्पादन गर्न उनले निर्देशन दिए।

उनले स्वार्थ केन्द्रित अनुचित कामको सर्तमा राखेर आउनेहरुप्रति सचेत हुन पनि सम्झाए । उनले पहिला मन्त्री बनिसकेकाको अनुभव लिएर काम गर्न आग्रह गरे। नेकपा एसबाट स्वास्थमन्त्री खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाक्री, संस्कति पर्यटन तथा नागरिक उड्डयमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्री बनेका छन्। आलेबाहेक तीनैजना पहिलोपटक मन्त्री बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.