वालिङमा जीप दुर्घटना : २ को मृत्यु, १७ घाइते

वालिङमा जीप दुर्घटना : २ को मृत्यु, १७ घाइते

स्याङ्जा : वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य १७ जना घाइते भएका छन्। 

दुर्घटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका १० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया गंगा पल्ली रहेका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 

घाइते दुईको वालिङको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते मध्ये १४ जना यात्रु र जीप चालकको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए। तीमध्ये ६ जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ। अरु ९ जनामध्ये २ गल्याङ अस्पताल र ७ जना वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत छन्। 

वालिङबाट लाखुडाँडातर्फ जाँदै गरेको ग १ ज ४९१८  नम्बरको जीप आइतबार साँझ ७ बजे वालिङ नगरपालिका १० मदिखोलामा दुर्घटना हुँदा १९ जना घाइते भएका प्रहरीले जनाएको छ। जीप सडकदेखि करिब ५० मिटर तल खसेको र दुर्घटनाका कारण बारे अनुसन्धान सुरु भैसकेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.