पौडेलले देउवालाई भने, 'किन यसरी धाधली गर्नुहुन्छ ?'

पौडेलले देउवालाई भने, 'किन यसरी धाधली गर्नुहुन्छ ?'

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको अधिवेशनमा धाधली र मनपरी गरेको आरोप लगाएका छन्। सभापति देउवाले सत्ता र कुर्चीको लोभमा मनलाग्दी गरेको आरोप लगाएका छन्। 

नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले  देउवाका कारण कांग्रेसको इज्जत र प्रतिष्ठामा आँच आएको बताए। देउवाका कारण पार्टी अस्थित्व खतरामा परेको भन्दै सत्ता र कुर्चीको लोभमा मनलाग्दी गरेको बताए। ‘क्रियाशील सदस्यतामा किन यसरी धाधली र मनपरी गर्नुहन्छ ? आफ्नै गृह जिल्लामा सभापतिले सिङ्गो जिल्ला समितिलाई बाहिर राखेर कसरी वडा अधिवेशन गर्नुभयो ? यही हो तरिका ?  यही हो  लोकतन्त्र ? ’, पौडेलले आक्रोश पोखे,  ‘लोकतन्त्रको भाषण ठोक्न पहिला आफू लोकतान्त्रिक हुनुपर्‍यो नि। ’

उनले देउवाको कामको कडा रुपमा आलोचना गरे। जे मन लाग्यो त्यही गरेर देउवाले पार्टी भित्र मनपर्दी गरेर पार्टीलाई ध्वस्त बनाएको आरोप लगाए। 'सत्ता बाहेक केही नदेख्ने  पदका लागि जे मन लाग्यो त्यही गरेर पार्टीलाई यो हालतमा पुर्‍याएका छन् ’, उनले  भने, ‘अब १४ औं महाधिवेशनमा गलत प्रवृतिलाई ताली बजाएर समर्थन गर्ने , खुसुरखुसुर भोट हालेर जिताउने कि के गर्ने हो ? यो कार्यकर्ताको परीक्षाको घडी हो। ’

पार्टीको सभापति र पाँचौं पटक प्रधानमन्त्री हुँदा समेत देउवालाई नपुगेको भन्दै व्यङ्ग्य गरे। ‘हिजो सानो कांग्रेसको सभापति हुनुहुनथ्यो आज सिङ्गो कांग्रेसको सभापति हुनुभएको छ। पाँचौं पटक प्रधानमन्त्री हुनुभयो। अब के चाहियो ? ’, पौडेलले भने, ‘यो बेलामा गुटमा होइन सारा कांग्रेसलाई मुल्याङ्कनको भरमा व्यवहार गर्छु मात्र भन्नुहोस्। ’

सभापति देउवाले आफ्नो सत्ताको लागि लोकतन्त्रको उपहास गरेको आरोप समेत लगाए। १३ औं महाधिवेशनमा नेतृत्व छनौटमा गरेको गल्तिका कारण कांग्रेसको गरिमा खस्किएको बताए। गलत कदमलाई समर्थन गर्दा पार्टीको नीति, आदर्श र सिद्धान्त खतरामा परेको उनको भनाइ थियो। देउवाबाट अब पार्टीले गति नलिने भन्दै देउवाको विकल्प खोज्नुपर्ने बताए । लोकतन्त्रको उपहास गरेर मनपरी गरेको आरोप लगाए। उनले देउवालाई आफ्नो गुटभित्र मात्र रमाएको आरोप लगाए । ‘१४ औं महाधिवेशनमा अलिकति मात्रै धरमरमा पर्नुभयो भने देशले जुगौं जुग दुख पाउने छ ’, उनले कार्यतर्कालाई प्रश्न गरे, ‘कार्यकर्ताले नेताको हैसियत मुल्याङ्कन गर्ने हैसियत राख्ने कि नराख्ने ? ’ 

उनले आफूले गुटको राजनीति नगरेको बताए। कांग्रेस आफैँ भित्र लोकतान्त्रिक बन्न नसकेको टिप्पणी गरेका छन्। पार्टीलाई विधि र पद्धतिमा नचलाएपछि पार्टीमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.