राष्ट्रपतिले गरिन् पलाञ्‍चाोक भगवतीको दर्शन (फोटोफिचर)

राष्ट्रपतिले गरिन् पलाञ्‍चाोक भगवतीको दर्शन (फोटोफिचर)

काभ्रेपलाञ्चोक : राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैंको महाअष्टमीको दिन बुधबार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्। उनी बुधबार पाँचखालमा रहेको वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म नेपाली सेनाको हेलिकोप्टरमा आएकी हुन्। 

बिहान करिब १० बजे पाँचखाल पुगेकी राष्ट्रपति भण्डारी वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रबाट करिब नौ किलोमिटर कार्गेटमार्फत पलाञ्चोक भगवतीस्थान पुगेकी थिइन्। राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख जिल्ला अधिकारी सहितको टिमले स्वागत गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु श्रेष्ठ, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारलगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए। 

राष्ट्रपति भण्डारीले करिब १० मिनेट पलान्चोक भगवतीको पूजाआजा गरेकी थिइन्। राष्ट्रपति भण्डारी नियुक्त भएपछि हरेक वर्षको वडा दशैंको अष्टमीका दिन राष्ट्र प्रमुखको हैसियतले पलान्चोक भगवतीको दर्शन गर्दै आएकी छन्। गत वर्ष कोरोनाको कारण उनी पलान्चोक भगवतीको दर्शनको लागि आएकी थिइनन्। 

तस्बिर : रोजन तामाङ 

तस्बिर:रोजन तामाङ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.