दसैंमा चामलको भात

दसैंमा चामलको भात

चितवन : काखमा एक वर्षकी छोरी पिठ्युमा चामलको बोरा बोकेर  २२ वर्षीया सन्तकुमारी चेपाङ उकालो लागिन्। चामल पाएपछि उनको खुसीको सीमा थिएन। खुसीले गद्‍गद् भएकी सन्तकुमारी झण्डै तीन घण्टाको उकालो लागिन्। बाटोमा उनीसँगै परिवारमा श्रीमान, एक छोरा एक छोरी छन्। 

चेपाङलाई वर्षेनी दसैंको पिरलो हुन्छ। अधिकांशलाई चामलको भात खाने रहर हुन्छ। आर्थिक अभावले उनीहरु किन्न सक्दैनन्। सन्तमायाले दसैंमा चामलको भात खाने रहर पूरा भएको बताइन्। के गरेर मनाउने भन्ने बेलामा पाएको राहत उनको परिवारको लागि खुसीको उपहार हो। ‘मकै पनि हुँदैन के खाने के लाउनी भन्ने चिन्ता थियो ’,  उनले भनिन् , ‘चामल पाएपछि दसैं मान्न पायौं। दुक्क भयो। ’ 

एक्सन क्लिनर प्रिन्ज (इन्टरनेशनल हेल्फे फर किन्डर ईननट ईभी) जर्मनी तथा नेपाल बाल सहायता संघको सहयोगमा राहत वितरण गरेपछि चेपाङहरु खुसी भए। सिद्धिका डम्बरबहादुर चेपाङ पनि घरमा चामल भित्र्याउन पाएपछि दसैं हर्षले मान्न पाएको भन्दै ढुक्क छन्। चामलको भारी बोकेर उनीहरु खुसी हुँदै उकालो लागे। ‘के गरी मनाउने भनेर बसेको बेलामा राहत पाँउदा ढुक्क भएको छ ’, दिलकुमार चेपाङले भने, ‘ अब त ढुक्कसंग चामलको भात खाने हो। ’ 

पाखो बारीमा लगाएको मकैले ६ महिना पनि धान्न मुस्किल हुन्छ। चामल किन्न नसकेपछि ढिंढो खानपर्ने बाध्यता छ। आधा वर्ष गिठ्ठा भ्याकुर खाएर छाक टार्छन्। दसैंमा उनीहरु चामलको भात खान रहर गर्छन्।  लकडाउनका कारण चेपाङहरुले मजदुरी गर्न पाएनन्। दसैं सुरु भएपछि सबैको परिवारमा खर्चको जोहो गर्ने चिन्ता थियो। चाडबाडमा चामलको भात खान सबै रहर गर्छन्। अधिकांश चेपाङले दसैं उधारोमा मनाउँछन्। ‘चामल किन्न पनि दुई हजारभन्दा बढी पर्थ्यो, अब किन्न परेन भनेर खुसी लागेको छ’, जाइथलीकी चुरीमाया चेपाङले भनिन्, ‘बालबच्चालाई खुवाउन पाउने भयौं।’ 

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र, चितवन एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा चितवनका विपन्न १ सय २ चेपाङ घर परिवारलाई चाडपर्व मनाउन खाद्यान्न सहयोग गरिएको हो। ज्याला मजदुरी गर्न नपाएर खाद्यान्न संकटमा परेका कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाँडा, साप्रनी लगायतका गाउँका चेपाङलाई सो सहयोग प्रदान गरिएको चेपाङ अभियन्ता केपी किरण शर्माले बताए। 

त्यस्तै गोरखा जिल्लाको शहिद लखन थापा गाउँपालिकाको नामजुङका ५६ घर परिवार र भिमसेन थापा गाउँपालिकाको क्यामुनटारका ८० घर परिवार विपन्न समुदायलाई जगतचेत प्रतिष्ठान नेपाल र नेपाल बाल सहायता संघ जर्मनीले दसैंलाई लक्षित गरि खाद्यान्न सहयोग गरेको राष्ट्रिय  प्रकृति संरक्षण कोष सौराहाका वरिष्ठ इन्जिनियर आनन्दराम थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.