हालसम्म कतिले लगाए कोरोनाविरुद्ध खोपको पूर्णमात्रा ?

हालसम्म कतिले लगाए कोरोनाविरुद्ध खोपको पूर्णमात्रा ?

काठमाडौं : हालसम्म देशभर ६४ लाख ६९ हजार १५९ जनाले कोरोनाविरुद्ध पूर्णमात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाएका हुन् । हाल दसैंका कारण खोप अभियान सञ्चालनमा छैन । दसैं लगत्तै खोप अभियान सञ्चालन गर्ने सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८३ लाख ८८ हजार ४०२ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । जुन खोप लगाउन योग्य जनसंख्याको ३८.६ प्रतिशत हो । दुई करोड १५ लाख जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ ।

सरकारले असोज मसान्तसम्म लक्षित जनसंख्यामध्ये एक तिहाइलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो । हाल नेपालमा कोभिसील्ड,भेरोसिल,एस्ट्राजेनेका,जोन्सन एण्ड जोन्सन खोप उपयोगमा आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ लाख ४ हजार ६५२ जनामा कोरोना संक्रमण देखिएको छ। सक्रिय संक्रमितको संख्या १२ हजार पाँच सय ९८ रहेको छ । संक्रमितमध्ये ११ हजार २७८ जनाको ज्यान गएको छ। अहिलेसम्म ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन् ।

केहि दिनयता संक्रमितको संख्या घट्दो क्रममा रहेको छ। संक्रमित संख्या घटेपनि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्रयाइँ बढ्दो छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.