'कृष्णनगरमा झाडापखाला नियन्त्रणमा'

'कृष्णनगरमा झाडापखाला नियन्त्रणमा'

काठमाडौं : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखाला प्रकोप नियन्त्रणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रतिकार्यका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री स्थानीय, प्रदेश, संघीय सरकार र विश्व स्वास्थ्य संगठन लगायतका साझेदार संघ संस्थाको समन्वयमा व्यवस्थापन भइरहेको जनाइएको छ। 

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला र बान्ताका कारण चार जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार विश्व स्वास्थ्य संगठनको समन्वयमा विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुना लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीय बालिकाको दिसाको नमुनामा भाइव्रीओ कोलेराव वान वगावा देखापरेको छ। 

यस्तै, संकलन गरिएका खानेपानीका १५ नमुनामध्ये ९ वटामा इ.कोली देखापरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार असोज १८ गतेदेखि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखाला र बान्ताले संक्रमित भएका ८८५ मध्ये  अझै २५ जना बिरामी उपचाररत छन्। अन्य ८१९ जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘खाना बनाउन वा खानु अगाडि साबुन पानीले मिची-मिची हात धुने, राम्ररी पाकेको खाना मात्र खाने तथा बासी वा सडेगलेका खानेकुरा नखाने, पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउने, खला रुपमा दिसा पिसाब नगर्ने साथै दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिचीमिची हात धुने गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.