स्वास्थ्य मन्त्रालयमा को बन्ला प्रमुख विशेषज्ञ?

स्वास्थ्य मन्त्रालयमा को बन्ला प्रमुख विशेषज्ञ?

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमुख विशेषज्ञ बन्नका लागि स्वास्थ्यका अधिकारीहरु दौडधुपमा छन्। यसअघिका तत्कालीन प्रमुख विशेषज्ञ डा.रोशन पोखरेल साउन ४ मा सचिवमा बढुवा भए। यस्तै, प्रमुख विशेषज्ञको जिम्मेवारीमा रहेका महेन्द्र श्रेष्ठले अवकाश पाए। त्यसयता हाल १२ औं तहका डा.दिपेन्द्ररमण सिंह मात्रै स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत छन्। स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञ आकर्षक पद मानिन्छ।

बढुवा समितिको असोज ८ गतेको निर्णय अनुसार नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औं तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा २५(२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा गर्न लागिएको हो। २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पुरा भएका ११ औं तहका अधिकृत कर्मचारी मध्येबाट बढुवा गर्ने तयारी छ।

स्वास्थ्य मन्त्रालयले असोज १० गते १२ औं तहमा बढुवाका लागि १५ दिनभित्र निवेदन दर्ता गर्न आह्वान गरेको थियो। सोहि अनुरुप स्वास्थ्य सेवातर्फ १२ औं तह (प्रमुख विशेषज्ञ) बढुवाका लागि आवेदन दिनेको समय अवधि सकिसकेको छ। १२ औं तहमा बढुवा हुनका लागि ११ औं तहमा पाँच वर्ष काम गरेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ।

स्वास्थ्य मन्त्रालय निति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनी, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशक डा.भीमसिंह तिंकरी, स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका इपिडीमियोलोजि तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.कृष्णप्रसाद पौडेल, राष्ट्रिय क्षेयरोग केन्द्रका निर्देशक डा.तारानाथ पोखरेल, स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्मा, डा. तारानाथ पौडेलले १२ औं तहमा बढुवाका लागि रुचि देखाएका छन्।

यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.आरपी विच्छा, स्वास्थ्य सेवा विभागअन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निर्देशक डा.वासुदेव उपाध्याय, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रसुती गृहका निर्देशक डा.संगिता कौशल मिश्रा, स्वास्थ्य सेवा विभाग नर्सीङ तथा सामाजिक सुरक्षा महाशाखा निर्देशक गोमादेवी निरौला पनि दावेदार रहेका छन्। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सुधा देवकोटा, संजय कुमार ठाकुर, डा. श्याम सुन्दर यादव, डा.दिप थापा मगर, डा.श्रीकृष्ण श्रेष्ठ, प्रमुख विशेषज्ञका दावेदार हुन्।   

यस्तै, डा.आमिर बाबू श्रेष्ठ, डा.रघुनन्दन ब्याजु, डा.टंक प्रसाद बाराकोटी, डा.प्रभा चापागाईं कोइराला, डा. शैली प्रधान, डा.सुदेश सुवेदीले पनि प्रमुख विशेषज्ञका लागि दावि गरेका छन्। ती मध्ये डा लोहनी,  डा‍‍. तिंकरी, डा.पोखरेल वरीयतामा अगाडी छन्। आवेदन दिएका २१ जना मध्ये तीन जनालाई १२ औं तहमा बढुवा गरी एक जनालाई मन्त्रालयमै, एक जनालाई स्वास्थ्य सेवा विभागको महानिर्देशक र एक जनालाई वीर अस्पतालको निर्देशकको जिम्मवारी दिने स्वास्थ्य मन्त्रालयको तयारी छ। 

मन्त्रालयले २१ जनाको सेवा अवधि, दुर्गममा काम गरेको, जेष्ठता आदि हेरेर नम्बरसहित संक्षिप्त सूची बनाउने छ। स्वास्थ्य मन्त्रालय मातहतका अधिकांश महाशाखा र केन्द्र विज्ञता नमिल्ने प्रमुखहरूले नेतृत्व गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.