खोलाले बगाएर उदयपुरमा दुईजनाको मृत्यु

खोलाले बगाएर उदयपुरमा दुईजनाको मृत्यु

उदयपुर : उदयपुरमा अलग-अलग ठाउमा खोलाले बगाएर दुईजनाको ज्यान गएको छ । बेलका नगरपालिका २ स्थित गिदेरी खोला र कटारी नगरपालिका २ स्थित कमला खोलाले बगाएर दुईजनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदप्रसाद गौतमका अनुसार सोमबार गिदेरी खोलामा स्थानीय विश्वनाथ चन्द्रबंशीका दुई वर्षीय छोरा भरत चन्द्रबंशी र कमला खोलामा कटारी नगरपालिका १० गिजिङटारका ४५ वर्षीय गुमानसिंह खड्काको ज्यान गएको हो ।

असोज ३१ गते दिउँसो घरबाट वेपत्ता भएका चन्द्रबंशी सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । त्यसैगरी असोज २९ गते कटारी २ माझिटोलस्थित कमला खोलामा वेवारिसे अवस्थामा फेला परेको खड्काको सोमबार बेलुका सनाखत भएको हो ।

वेवारिसे शव फेला परेको सम्बन्धी सूचना प्रवाह भएपछि मृतकका भाइ डिकबहादुर खड्काले आफ्नो दाजुको पहिचान गरी शव बुझेको डीएसपी गौतमले बताए । दुबै शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.