'एकल बहुमत कांग्रेसको मूल लक्ष्य' : सहमहामन्त्री महत

'एकल बहुमत कांग्रेसको मूल लक्ष्य' : सहमहामन्त्री महत

चितवन : सहमहामन्त्री प्रकाशशरण महतले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने पार्टीको मूल लक्ष्य रहेको बताएका छन्। आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म कांग्रसेलले बहुमत ल्याउने दावी गरेकाे हाे। उनले पार्टीको महाधिवेशन भन्दा ठूलो बहुमतको लक्ष्य रहेको बताए। 

भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै डा.महतले मुलुकको दु्रतगतिको विकास लागि एकल बहुमत आवश्यक रहेको बताए। ‘काँग्रेसको मूल लक्ष्य भनेको अधिवेशन हैन आम निर्वाचन हो’ उनले भने, ‘स्थानीयदेखि केन्द्रीयतहसम्म एकल बहुमत ल्याउने हो। त्यो बाटोमा हामी जानुछ।’ उनले पार्टीको रोकिएको अधिवेशनको काम छठपछि हुने बताए। केही विवादले रोकिएको भएपनि चाडपर्व सकिएपछि पुन सुचारु हुने बताए। 

एक सय दिन पूरा गरेको शेरबहादुर देउवा नेतृत्वको सरकार सफल रहेको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। देउवा नेतृत्वको सरकारले छोटो अवधिमा उपलब्धिमूलक काम गरेको दावी गरेका छन्। सरकारले जनचाहना अनुसार काम गरेको बताए। 

ओली सरकारले संवैधानिक निकाय अस्तव्यस्त बनाएको भन्दै देउवा सरकारले सुधार गरेको बताए। कोभिडको बेला जनताको लागि खोपको पहुँच पुर्याएको भन्दै उनले सरकारको हनिमुन यात्रा सफल भएको बताएका छन्। 

एक करोड जनतालाई खोप उपलब्ध गराएको उनले बताए। ‘दुई महिनाभित्र एक करोड जनतालाई खोप लगाएर सुरक्षित भएर सहज जनजीवन बनेको छ’ उनले भने, ‘ओली सरकारले संवैधानिक निकायलाई अस्तव्यस्त पारेको थियो। अहिलेको सरकारले भष्ट्राचार रोकेर सुशासनको लागि धेरै राम्रो काम गरेको छ।’ बाढी प्रभावितहरुको लागि सरकारले उचित क्षतिपूर्ति र राहत दिनपर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.