पाँचथरमा पहिरोमा परी ७ जनाको मृत्यु

पाँचथरमा पहिरोमा परी ७ जनाको मृत्यु

फिदिम : अबिरल वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी सातजनाको ज्यान गएको छ । थप दुईजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण दजर्नौं परिवार विस्तापित भएका छन् । टेलीफोन सेवा अवरुद्ध भएका कारण थप क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका इनिस्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए ।

पहिरोमा परी फिदिम नगरपालिका ४ का ममता मगर र रोयन मगरको ज्यान गएको छ । कुम्मायकको माङ्जावुङकी ४० वर्षीया डम्बर कुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ वर्षीय धनबहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका २८ वर्षीय फुर्वा तामाङको पहिरोले पुरिएर ज्यान गएको हो।

यस्तै मिक्लाजुङ गाउँपालिका ५ मा एक जना र फाल्गुनन्द गाउँपालिका ४ मा एकजनाको ज्यान गएको प्रहरी जनाएको छ । उनीहरुको सनाखत हुन  बाँकी छ  । मिक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुईजना बेपत्ता छन् । मेची राजमार्ग, मध्यपहाडी लोकमार्गलगायका सडक अरुद्ध छन्। विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.