इलाममा पहिरोमा परी १३ को मृत्यु, दुई बेपत्ता, चार घाइते

इलाममा पहिरोमा परी १३ को मृत्यु, दुई बेपत्ता, चार घाइते

इलाम : इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण आएको भेलले बगाएर थप एक र रुखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरोमा परेर दुईजना वेपत्ता र चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोको कारण अधिकांश चुरे क्षेत्र रहेको मांसेबुङ गाउँपालिकामा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ भने त्यहाँका दुईजना बेपत्ता छन् । प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको छ ।

फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई, ८६ वर्षीय नैनसिंह कटवाल, ७५ वर्षीय रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षी निश्चित कटवालको मृत्यु भएको छ। उनीहरू सबैको पहिरोमा परी मृत्यु भएको हो।

माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षीय हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्योदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षी विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ ।

देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माइ नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय वेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

माङ्सेबुङ ६ की ८२ वर्षीया रनश्वरी राई र त्यहीकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीको भनाइ छ ।पहिरोमा परेर मांसेबुङ ६ चिसापानीका जमन राई र भक्तबहादुर राई, फाकफोकथुम १ ठिंगेपुरका नरबहादुर सेर्मा र खगेन्द्र सेर्मा घाइते भएको प्रहरीले जनाएको छ ।

मानवीय क्षत्रीसँगै माङ्सेबुङ गाउँपालिकामा रहेका पक्की पुल र बाटो घाटोमा ठुल्ठुलो क्षति भएको गाउँपालिका अध्यष डिकेन्द्र इदिंगोले बताए। बुधबार बिहान देखि भने वर्षा रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.