एमसीसीबारे देउवाले भने ‘सित्तैमा दिएको पैसा पनि लिन्न भन्छन् यार’

एमसीसीबारे देउवाले भने ‘सित्तैमा दिएको पैसा पनि लिन्न भन्छन् यार’

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास हुने दाबी गरेका छन्। सुदूरपश्चिममा बाढी पहिरोको निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान धनगढीमा पत्रकारहरुले राखेको जिज्ञासामा यस्तो बताएका हुन्।

‘एमसीसी पास हुन्छ, यसका बारेमा नेपालमा झुटा हल्ला फैलाइएको छ। यसमा संसोधन गर्नुपर्ने पनि केही छैन’ देउवाले भने, ‘एमसीसी ऋण होइन, अनुदान हो। कसैले सित्तैमा पैसा दिन्छुभन्दा पनि लिन्न भन्छन् यार।’ 

प्रधानमन्त्री देउवाले एशियाली विकास बैंक, विश्व बैंक जस्ता अन्तराष्ट्रिय निकाय पनि आफ्नो देशको कानुन अनुसार चलिरहेको बताए। ‘एमसीसी नेपालको कानुन मुनिको हो भनिसक्यो उनीहरुले, तर पनि झुटा हल्ला फैलाइएको छ। यो त ग्रान्ट (अनुदान) हो नी’ उनले भने। 

‘विश्व कैंक, एडीबीहरुमा नेपालको कानुन लागु हुँदैन। कुनै मुद्धा पर्‍यो भने त्यसमा अन्तराष्ट्रिय कानुन लागु हुन्छ’ देउवाले भने, ‘एमसीसीका बारेमा मुद्दा परे मात्रै अन्तर्राष्ट्रिय कानुन लागु हुन्छ।’ प्रधानमन्त्री देउवाले नेपालमा एडीबि, विश्व बैंकको ऋण आइरहेको तर अनुदान आउन नदिने चलखेल भइरहेको बताए।

अर्ली इलेक्सनबारे गठबन्धनले सल्लाह गर्छ

अर्ली इलेक्सनका बारेमा प्रधानमन्त्री देउवाले त्यो गठबन्धनको सल्लाह बमोजिम हुने बताए। ‘अहिले गठबन्धनको सरकार छ, सबै कुरा गठबन्धनको सल्लाहअनुसार हुन्छ, बैशाखमै चुनाव हुन्छ त म भन्दिन, गठबन्धनसँग सल्लाह गरेर नै हुन्छ’ देउवाले भने।

नेपाली कांग्रेसको महाधिवेशन र केही जिल्लामै पनि हुन नसकेको अधिवेशनका बारेमा देउवा खासै बोल्न चाहेनन्। ‘महाधिवेशन र जिल्ला अधिवेशनहरु निर्वाचन आयोगको जिम्मा हो। जसरी आम चुनावका लागि निर्वाचन आयोग हुन्छ, त्यसैगरी हाम्रो पार्टीभीत्र पनि निर्वाचन आयोग छ, महाधिवेशन गराउने जिम्मा पनि उसैको हो, उसले काम गरिरहेको छ’ देउवाले भने।

प्रधानमन्त्री देउवा बिहीबार सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, गृहजिल्ला डडेल्धुरा र कञ्चनपुरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी धनगढी आएका हुन्। बिहीबार राती धनगढी रात्री विश्राम गरेका देउवाले, सुदूरपश्चिममा बेमौसमे झरीले अकल्पनीय क्षति गरेको बताए। ‘कार्तिकको महिनामा यतिको मानविय र भौतिक क्षति होला भनेर कसले सोचेको थियो ? अकल्पनीय र ठूलो क्षती भएको छ’ उनले भने, ‘मैले आकस्मिक क्याबिनेट बोलाए, केही राहत घोषणा भएको छ। अहिले अल्पकालिन र दीर्घकालिन योजना बनाउनुपर्छ। अल्पकालिन योजनाहरु राहत र उद्धार भइरहेको छ। काठमाण्डौं फर्केपछि दीर्घकालिन योजना पनि बन्छन्’ उनले भने।

प्रधानमन्त्री देउवाले शुक्रबार कैलालीको धनगढी नजिकै रहेको श्रीलंका मुक्तकमैया शिविरको पनि निरीक्षण गरेका छन्। उनको, शुक्रबार नै कर्णालीको कटान र बाढीको निरीक्षण गरेर बर्दिया हुँदै काठमाडौं कार्यक्रम रहेको सचिवालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.