मकालु बेस क्याम्प गएका पर्यटन व्यवसायीको मृत्यु

मकालु बेस क्याम्प गएका पर्यटन व्यवसायीको मृत्यु

इलाम : मकालु हिमालको बेस क्याम्पमा पुगेका इलामको सूर्योदय नगरपालिका ४ श्रीअन्तुका होमस्टे व्यवसायी धरणी घिमिरेको मकालु बेस क्याम्पमै निधन भएको छ।   

हिमाल चढ्नसँगै गएका धरणीका माइला दाजु रुद्र घिमिरेका अनुसार ३ हजार ५ सय मिटरमा रहेको याङ्माले बेस क्याम्प पुर्‍याउनुअघि नै अझ गम्भीर भएका उनको कार्तिक १ गते दिउँसो करिब साढे १२ बजे धरणीको निधन भएको हो। 

घिमिरे अस्वास्थ्य भएपछि उपचारका लागि काठमाडौं लान गरिएको प्रयास पनि प्रतिकुल मौसमको कारण सफल नभएको रुद्रले जानकारी दिए। मकालु हिमालको ४ हजार २ सय मिटर उचाइको टाडोसा बेस क्याम्पभन्दा केही माथि ४ हजार ६ सय १० मिटर उचाइमा पुगेपछि धरणी बिरामी परेका थिए। गत असोज ३१ गते बिरामी परेर बेहोस भएपछि उनलाई त्यहाँबाट फर्काएर टाडोसा हुँदै याङ्माले बेस क्याम्प ल्याउने प्रयास गरिएको जनाइएको छ। 

संखुवासभामै घिमिरेको अन्तिम सस्कार गरेको जनाइएको छ। इलामको सूर्योदय नगरपालिकाका घिमिरेसँगै उनका जेठा दाजु एकराज, माइला दाजु रुद्र , मिलन ढकाल सहित ७ युवा मकालु हिमाल आरोहण गर्न गत असोज २५ मा हिँडेका थिए। उनीहरू अन्तुबाट धरान हुँदै २७ गते नुम बजार पुगेका थिए। मकालु बेस क्याम्प पुगेपछि धरणीको अक्सिजन लेभल घटेको बताइएको छ। उनलाई एक्विट निमोनियाँ भएको अनुमान गरिएको छ। 

घिमिरे होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष हुन्। उनको मकालु गाउँपालिका २ याङ्लेखर्कमा निधन भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। संखुवा सभाको चैनपुरबाट मकालु हिमालको आधारसिविरको यात्रामा हिंड्नु अघि धरणीले सामाजिक सञ्जाल फेसबुकमा २७ गते आधार सिविरको यात्रा सुर गरेको उल्लेख गरेका थिए।  

एकचालीस जनाले उनको शुरक्षित यात्राको कामना गरेका थिए। तर, उनको शव मात्रै पनि परिवारले चाहेका ठाउँमा अन्त्यष्टी गर्न नपाएको परिवारले जनाएको छ । प्रतिकुल मौसम र सञ्चार अभावको कारण समस्या भएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.